Articles by "Moon"
Tampilkan postingan dengan label Moon. Tampilkan semua postingan
कविता

तिम्रो बुईँ चढ्दैथिए,
मनको ढुकढुकीमा बस्न खोज्दैथिए,
चोइटीएका हामी एकहुन सोच्दै थिए,
अन्यासै तिमिले
मेरो मनको मन्दिरहरुउजाडिदियौ,
मेरा संरचनाहरु क्षतविक्षत बनाइदियौ,
हाम्रा सदभावहरु धुवाको मुस्लोमाउडाइदियौ

विलासी तिम्रो साम्राज्यमा
सिउँडीका काडाँहरु सँग छल्दै,
गल्लीका साढाँहरु सँग जुझ्दै,
समाजका छाडाँहरु सँग लड्दै,
उठेँ, ब्युझिएँ,
कही कतै नि उदाएँ,
सुर्य​, चन्द्रमा झैँ चम्किनखोजेँ,
तिम्रो विशाल वोधी वृक्षको
एउटा सानो अशंहुन तमसेँ,
हठाट,
गहिरो,लामो निन्द्राकोस्वपनबाट ब्युझिदा
आफैँलाई,
तिम्रो ढुकढुकीबाट अलगीएको पाएँ,
दुर छितिजको  कसिङगरकोरुपमा पाएँ,
अनि,

कहि कतै आफैँलाईसिमान्तमा पाएँ !!!