Articles by "SONSIK"
Tampilkan postingan dengan label SONSIK. Tampilkan semua postingan
कोरियाको चिसोमा सोनसिकको शैक्षिक गोष्ठी



केहिदिन अघि त्रिभुवन विश्वविध्यालयको बयालिसौँ दीक्षान्त समारोह​ भब्यताका साथ सम्पन्न​ भयो । दीक्षित सबैजना उल्लासका साथ आफु दीक्षित भ​एको कुरा फेसबुक​, टुइटर​ लगायतका सामजिक सन्जालमा पोस्ट्याईरहेका थिए । सगँसगैँ केही ब्लगरहरुले दीक्षित पछिको अन्यौलता पनि ब्लग्गिङ गर्न भ्याए
हुन त त्रिविको दीक्षान्त समारोह बासी भात हसुरे जस्तै हो । त्रिविको शैक्षिक प्रणाली नै त्यस्तै छ । परीक्षा हुन्छ । परीक्षाफल प्रकाशित हुन्छ । विध्यार्थीहरु उत्तीर्ण हुन्छन् । पास भ​एको एक वर्ष पछि बल्ल उक्त विध्यार्थीका लागि दीक्षान्त समारोह आउँछ । धेरैले त बिर्सिसकेका हुन्छन् । धेरैले पत्तो पाउदैनन् । अधिकांश त प्रोभिजनल सर्टिफिकेटकै भरमा विदेशिसकेका हुन्छन् ।
त्रिविको दीक्षान्त समारोह जहिले भ​एपनी हाम्रो देशको सन्दर्भमा र हामी जस्ता विध्यार्थीहरुले परीक्षाफल प्रकाशित भ​एर​ उत्तीर्ण भ​एकै दिनलाई दीक्षान्त समारोह मान्दछौँ । त्यसैदिन पश्चात धेरै कुराका लागि योग्य ठहरिन्छौ । त्यसपछि धेरै ढोकाहरु खुल्छन् । अनि अघि बढ्ने बाटो पहिल्याउन थाल्छौँ ।
त्रिविको दीक्षान्तको विषयमा धेरै बखेडा निकाल्नु भन्दा पनि महत्वपूर्ण विषय वर्षेनी आ-आफ्नो  अध्ययन सम्पन्न गर्ने व्यक्तिहरु के गर्छन् भन्ने कुरा गम्भिर हो
व्यक्तिगत अनुभव र केही तथ्याङ्कगत​ आधारमा भन्नुपर्दा वर्तमान सेशनका हाम्रा पुस्ताहरु बढी विदेशीने फेशन मै लागीपरेका छन् । अध्ययन पश्चात हामी विदेशीन यसरी हतारिन्छौँ मानौँ युगौँ देखी कालकोठरीमा निसासिएर मर्न लाग्या छौँ । त्यहिभ​एर आफ्नै रारा तालको हावा बिर्सेर समुन्द्र तटमा चैनको श्वास फेर्छौ ।
समाज विकासको कसि समाजशास्त्र निर्देशित हुन्छ । देशको राज्य प्रणाली राजनीतिशास्त्रको अस्त्रमा निर्भर रहन्छ । त्यसैअनुरुप देश विकासको मेरोदण्ड विज्ञानशास्त्रको करङ्मा निहित रहन्छ । तर अफसोच विज्ञानाचार्य हुनुभ​एका साथिहरुले आफ्ना आचार्यकला देखाउन ठोस स्थान नपाउँदा दुरको भुगोलमा ग​एर सघंर्षरत हुनु परेको छ​ ।
म पनि त्यहि स्थान अभाव र अधेरी बाटो हिड्दा हिड्दा आजित भ​एर​ हौसिए उज्यालो संसार कोरियाको गुनगान गाउन । अन्य देशको सवाल त गुनगुनाउन सक्दिन । अनुभव पनि छैन । तर विगत दुई वर्ष देखि कोरियाको चिसोमा आफु बरफ हुदै ग​एको अनुभव पस्किनु पर्दा चाहिँ भुतै सवार हुन्छ ।
कोरिया भिन्न छ । अन्य देशको भन्दा भिन्न वातावरण छ । अझ नेपाली विध्यार्थीहरुको समाज भिन्न छ । हजार छेउछाउ संख्यामा रहेका नेपाली विध्यार्थी र सय पुगनपुग नेपाली प्राज्ञिक व्यक्तिहरुको सानिध्यमा कोरियाको अध्ययन अनेकन अप्ठ्याराका बाबजुद् बस्दै, पढ्दै जादाँ रमाईलो लाग्न थाल्छ ।
यहाँ नेपालीहरु माझ​ सबैको सबैलाई वास्ता रहन्छ । कसैलाई केही पर्दा सहयोगका निम्ति अग्रजहरु हुनुन्छ । सबैको सेयरिङ र केयरिङ मिसिएको पाईन्छ​ । र त पृथक​ समाजको काडेँ दलदलमा हामफाले पनि हाम्रो अध्ययन सहज भईरहेको छ ।
अधिकांशले एकाअर्कालाई चिन्छन् यहाँ । अन्य देशको भन्दा कोरियाको भुगोल सानो भ​एर​ पनि होला हामी विध्यार्थीहरु एक अर्कालाई नचिन्ने कमै हुन्छौँ । सउल देखी बुशानको सम्बन्ध होस या छुन्छन् देखी खुवान्जु । जो जहाँ अध्ययनमा रहनु भ​एपनि कोरियामा हामी एक परिवार भ​एर बसेका छौँ ।
यस​ सौहार्दता र प्रगाढ सहयोगका लागि पारिवारीक​ साङ्लोमा सबैलाई बाध्न यहाँ स्थित अग्रजहरुले स्थापना गर्नु भएको नेपाली विध्यार्थी समाज​, दक्षिण कोरिया (सोनसिक​) को पनि अहम भूमिका रहेको पाईन्छ​ वर्षौ देखी एउटै छानोमा सबैको वेदना अटाउन र प्रगतिको गाथा गुथ्न सफल हुदै आईरेहेको छ सोनसिक ।
सबै नेपाली विध्यार्थीहरुलाई एक ढिक्का राख्न र कोरियाको हाम्रो जीवन​ सहज बनाउन​ सोनसिकले विविध कार्यक्रमहरु गर्दै आईरहेको छ । यसै सन्दर्भमा सोनसिकको शैक्षिक गोष्ठी सबै कार्यक्रमहरु मध्येको एक विशेष र महत्वपूर्ण कार्यक्रम मानिन्छ​ । यस ब्लगमा सोनसिकले गर्न लागेको शैक्षिक गोष्ठी सम्बन्धि केही प्रसगंहरू पस्किने जमर्को गरिएको छ ।
सोनसिकको पाँचौ शैक्षिक गोष्ठी यही आउँदो जनवरी १४-१५ मा खुवान्जु स्थित छोसुन विश्वविध्यालयमा हुदैछ​ विज्ञान​, ईन्जिनियरिङ र प्रविधि मुल मन्त्र बोकेको यसपालीको शैक्षिक गोष्ठीमा अनुसन्धानात्मक जर्नल लेखन विषयक वर्कशप​, विविध विषयमा विज्ञहरुको मौखिक प्रेजेन्टेशन तथा पोष्टर प्रेजेन्टेशन मुख्य आकर्षण रहेकाछन् ।
त्यस्तै यसपालीको शैक्षिक गोष्ठीको अर्को मुख्य केन्द्र​ हो जापानका नेपाली प्राध्यापक डा. हरि प्रसाद देवकोटाको- औषधीय वनस्पतिमा जापानी शिक्षा र अनुसन्धानको भूमिका तथा नेपाल स्थित यसका नविनतम प्रवर्द्धन विषयक प्रस्तुती ।
कार्यक्रमको ढाचाँ हेर्दा आमन्त्रित मौखिक प्रस्तुतीकरणलाई दुई भागमा छुट्याईएको छ । प्रथम आधारभुत​ तथा चिकित्सक विज्ञान अनुसन्धान शिर्षकीय भागमा रहेर तीनजना विज्ञहरुको प्रेजेन्टेशन र दोस्रो ईन्जिनियरिङ र प्रविधि अनुसन्धान​ शिर्षकीय भागमा रहेर अर्का तीनजना  विज्ञहरुको ओजपूर्ण प्रस्तुतीकरण
शैक्षिक गोष्ठीमा हुने डा. विनोद लुईटेलको बागवानी तथा औद्योगिक वाली विषयक प्रस्तुतीकरणले नेपालमा यस्ता वालीको प्रयोग र यस्ता विधिहरु अपनाउने बारे सबैलाई गहन कुरा सिकाउने छ । त्यस्तै विध्यावारिधि सोधकर्ता विमला शर्माको आत्महत्या सम्बन्धि संवेदनशील प्रेजेन्टेशनले अवश्य नै बढ्दो आत्महत्या रोकथामको लागि केही अचुक तौरतरिका बारे छलफल हुनेछ​ । अर्का विध्यावारिधि सोधकर्ता कन्चन मिश्रको "नेनो प्रविधि" सम्बन्धि प्रस्तुतीकरणबाट​ नेपालमा यस्ता नविनतम प्रविधिको उपयोग सम्भवयता बारे पक्कै केहि ठोस वर्णनहरु निस्कनेछन् ।
कोरियामा ईन्जिनियरिङ र प्रविधि क्षेत्रमा अध्ययन गर्ने नेपालीहरु पनि थुप्रै हुनुन्छ । मौखिक प्रस्तुतीकरणको दोस्रो अध्यायमा ईन्जिनियरिङ र प्रविधि क्षेत्रका उपयोगी ज्ञानमुलक प्रेजेन्टेशनहरु रहेका छन् ।
सुवन विश्वविध्यालयका प्राध्यापक सिद्धार्थ विक्रम पण्डेको "वायोमेकानिक्स​", डा. रमेश कुमार लामाको "विग डाटा फर डेभ्लोपिङ कन्ट्रिज​", र डा. विनायक भण्डारीको "विल्डिङ ट्रान्स​-हिमालयन रेलरोड​" विषयक प्रस्तुतीकरणले ईन्जिनियरिङ र प्रविधि क्षेत्रको थुप्रै पाटोहरु उजागर गर्ने छ । जसले यस्ता थुप्रै प्रविधिहरु नेपालमा कसरी उपयोग गर्ने बारे एउटा मार्गचित्रको स्केच तान्न टेवा पुग्छ​ ।
त्यस्तै ३० वटा साधारण र दश वटा आमन्त्रित पोष्टरहरुमा उल्लेख हुने अनुसन्धानात्मक जानकारीहरुले कार्यक्रम स्थलका भित्ताहरु पोष्टिदाँ गोष्ठीको रौनक नै भिन्नै देखिने छ​। अझ आयोजक कमिटिको पाँचवटा वेस्ट पोस्टर अवार्ड घोषणा गर्ने निर्णयले सुनमा सुगन्ध थपेको छ । यसबाट आफैलाई वैज्ञानिक जगतमा प्रस्फुटन गर्न चाहने थुप्रै अनुसन्धानकर्ताहरुलाई थप उर्जा पनि प्राप्त​ हुनेछ ।
सरसर्ती कार्यक्रमको रुपरेखा नियाल्दा सोनसिकको पाँचौ शैक्षिक गोष्ठी हामी जस्ता कोरियामा अध्ययनरत व्यक्तिको लागि निकै नै उपयोगी देखिन्छ । विज्ञानका धेरै क्षेत्रका नेपाली विज्ञहरुलाई एउटै चौतारीमा भेट्न पाउदाँ सहभागीहरु सबैले पक्कै फलदायी महशुस गर्नेछन् ।
साथसाथै यदि अध्ययन पश्चात नेपाल र कोरियाको रोजगारी सम्बन्धी एक, दुई वटा थप अग्रजहरुको अनुभवयुक्त प्रेजेन्टेशन सुन्न र मनन गर्न पाउने अवसर जुट्ने हो भने कोरियाको चिसोमा शैक्षिक गोष्ठीमा सहभागी भईरहदा थप न्यानोपना महशुस हुने थियो ।
दिवेश झाको संयोजकत्वमा हुन ग​ईरहेको सोनसिकको पाँचौ शैक्षिक गोष्ठीमा डा. भुषण श्रेष्ठको अध्यक्षतामा गठित वैज्ञानिक समिति र आराजना श्रेष्ठको अध्यक्षतामा गठित आयोजक समितिहरुको अथक मिहिनेतले पक्कै पनि यो कार्यक्रम व्यवस्थित ढङ्गले सम्पन्न हुने छ । र धेरै भन्दा धेरै अनुसन्धानकर्ताहरुको सहभागिताले निश्चित रुपमै गोष्ठीको सार्थकता पुष्ठी गर्ने छ । कोरियाको चिसोमा सोनसिकको पाँचौ शैक्षिक गोष्ठीको सफलताको लागि कोरिया स्थित हामी सबै विध्यार्थी लगयात अनुसन्धाकर्ताहरुको तर्फबाट हार्दिक शुभकामना ।

- धिरज चौधरी

https://www.fonijkorea.net/%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%9A%E0%A4%BF%E0%A4%B8%E0%A5%8B%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A5%8B%E0%A4%A8%E0%A4%B8%E0%A4%BF%E0%A4%95%E0%A4%95%E0%A5%8B
चुनावी अनुभव र सोनसिकको महाकुम्भ​



सानो छदाँका अनुभवहरु धेरै छन्। जसमध्ये एक हो चुनावको अनुभव चुनावी माहोलहरु आउँदा गाउँमा गजबको बितण्डाहरु मच्चिन्थ्यो त्यसबेला जम्मा तीनवटा चिन्हहरू- रुख​, सूर्य, हलो को रवैया चल्थ्यो। रोड​, घुम्टी, भित्ता फलैचाँहरु यिनै चिन्हका आकृतिले लिपिएका हुन्थे
केटाकेटी एपनि उसबेला बालखै खालका तर्क बितर्क हुन्थ्यो काङ्ग्रेस भन्ने के हो थाहा नभ पनि रुखले छहारी शितल दिन्छ भेनेर कोही रुखको  पक्षमा लाग्थे ।एमाले भन्ने के हो थाहा नभ पनि सुर्यले न्यानो शक्ति दिन्छ  भेनेर कोही सूर्यको वकालत गर्थे अलिक नझाङ्गिने स्वभावको साथीहरु राप्रपा कुन चरो हो भन्ने थाहा नभ पनि हलोले खेत जोतेर अन्न दिन्छ भनेर हलोको बचावट गर्थे

नेता भनाउदाहरु आउँथे गाउँको चैतारामा रङग लाग्थ्यो भाषण ठोक्थे नी फाटेको कट्टु बटम चुडिएको सर्टमा सिङ्गाने अनुहार लिएर स्क्वाश पानीको लोभमा आमसभाहरुमा लुसुक्क पस्थे
को काङ्ग्रेस​, को एमाले, को राप्रपा हामी झारपातलाई मतलब हुन्नथ्यो मतलब थियो केवल उनीहरुले सितैमा बाड्ने "बाबा" विस्कुट जुन चिया सगँ चोपेर खान  खुब मज्जा लाग्थ्यो त्यसबेला सबै बुझ्ने सुझ्नेहरु कसको भोट कति आउला भन्ने सुरतामा हुन्थे तर हामी केटाकेटीहरु उनीहरुले गरेका कार्यक्रमहरुबाट फालिएका प्लास्टिकका डोरी बटुल्नमै ध्याउन्न हुन्थ्यो प्लास्टिकका डोरी जती बटुल्न सकिन्थ्यो बटुल्थ्यौँ पछि साईकिल लिएर कवाडीवालाहरु आउँदा दालमोठ सगँ साट्थ्यौँ


समय परिवर्तन हुदै गयो उमेर छिपिदै गयो अलिअलि दिमाग पनि बढ्दै गयो को कङ्ग्रेस, को एमाले, को राप्रपा चिन्न थाले। हाम्रो क्षेत्रतिर सदभावना भन्ने जुरमुराएको थिएन त्यसबेला
५६ सालको चुनाव सम्म आइपुग्दा चुनावी जोड घटाउ बुझ्न थाले दस बैण्डँको रेडियो कानमा लाएर बाउबाजे, काका, ठुलाबडाहरुले यस्ले जित्यो उसले हार्यो भन्दा खेरी सम्म अलि अलि नेताहरु ठम्याउने भईसकेको थिए
जब लक्का जवान चुनावी ज्वरो थेग्ने हैसियत पलायो तब देशमा लामै चुनावी खडेरी लाग्यो। कहिले आउला चुनावी दसैँ खाउला चुनावी बोको भन्ने हुन्थ्यो
५९।६० मा आईएससी अध्ययन गर्दा चुनावको वडा दसैँ नै चाख्न नपाए पनि चैते दसैँ स्वरुप स्ववियू चुनावको बोकोहरु ढाल्न पाईयो। स्ववियुको भनसुन चल्ने हुदाँ जुन प्यानलको रवाफ बढी देखिन्थ्यो जस्ता जोकरहरु त्यतै एर टासिन्थ्यो।
६४।६५ मा भाग्यमा ढिलै एपनि चुनावी यौवन फर्केर आयो युवा उर्जाका साथ आफ्नै भाग्य कोर्ने कालोपत्रे स्वरुप पहिलो संविधान सभाको चुनावी रासलीला अनुभव गर्न पाए चुनावी उन्मादका जालझेल, घुम्टो भित्र रहेकी चुनावी दुलही, चरेस झैँ लठ्ठ पारिरहने चुनावी चुस्की सबै चाख्दा लाग्यो मेरो कुमारीत्व नै लुटियो त्यतिखेर दोस्रो संविधान सभाको चुनाव चाहिँ दोस्रो श्रीमती ल्याए जस्तै भयो मेरो जीवनमा भोटरको हैसियतमा खासै कुनै मोह पलाएन "भोट​-सम्भोग​" गर्न
जीवनको उतार चढावमा पोहोर साल अध्ययन गर्न कोरिया आइपुगे कोरिया मेरा लागि नितान्त नौलो परिवेश थियो यो नौलो परिवेशमा विल्कुलै नवजात शिशु जस्तै थिए ।यस्तो परिवेशमा हामी जस्ता नव शिशुलाई हुर्किन सजिलो होस भनेर अग्रजहरुले "सोनसिक​" भन्ने एउटा सुन्दर घर बनाउनु एको रहेछ उक्त सुन्दर घरको एकजना अनुभवी अग्रज घरमुली रहने परम्परा रहेछ घरमुली कसलाई बनाउने कुरो टुङ्ग्याउने प्रणाली चाहिँ उहि पुरानै चुनावी प्रक्रिया रहेछ घुमिफेरी रुम्झाटार भने झैँ पोहोर साल पुनः मैले उही पुरानै चुनावी अनुभव आर्जन गरे  "सोनसिक घर​" को "घरमुली" छान्ने बेला गतवर्ष भोटरको दर्जामा नितान्त अबोध बालक जस्तै थिए अग्रजहरुले जसलाई भन्नुभयो उसैलाई भोट हाले


सोनसिक के हो ? यो घरले के गर्छ ? यो घर कसका लागि हो ? सोनसिक घरको मुल उद्देश्य के हो ? सोनसिक घरमुलीको मुख्य कर्तव्य के हो ? यसको अत्तोपत्तो थिएन त्यसबेला भुकम्प एपछि सोनसिकको औचित्य अलिअलि बुझ्दै
यस वर्ष फेरी अगस्त १३ शनिवारका दिन सोनसिक घरको महाकुम्भ लाग्दै सगँसगैँ घरमुली छान्न हेतु सोनसिकले आफ्ना सबै सन्तानहरुलाई बुसान डाकेको
सोनसिक महाकुम्भ लाग्नु अगावै सबैलाई "सोनसिक फिभर​" चढिसक्यो स्व​-उमेद्वारी घोषणा गर्दै सोनसिकका सन्तानहरु सगँ भोट माग्दै थुप्रैजना लामबद्ध ईसके ।दिनहुँ अरुहरुलाई जस्तै मेरो पनि फेसबुक इमेलमा सन्देशहरु गुटुङ्टुङ आईरहेको
हालसम्म मैले कुनै पनि उम्मेदवारको चित्तबुझ्दो भिजन भेटेको छुइन सोनसिक घरलाई कुन हद सम्म सुदृढ गर्ने यसका सन्तानहरुका पीरमर्का के हो त्यसलाई कसरी सुल्झाउने अध्ययन गर्दा अध्ययन पश्चात भईपरि आउने दुखको निदान कसरी गर्ने कोरिया रहदा सोनसिकका सन्तानहरुलाई उचित पथप्रदर्शक​को भूमिका कसरी पहिल्याउने जस्ता गम्भिर प्रश्नहरु हाल सम्म भोट माग्नु एका कुनै पनि उम्मेद्वारबाट प्रष्ट रुपमा आएको छैन
सोनसिक महाकुम्भ यति धेरै तातिरहेको की हुदाँहुदै सोनसिकको फेक इमेल आइडिबाट "सोनसिक १३औ  साधारणसभा सभापति पदका  उमेद्वारको परिचय" शिर्षकमा सौरभ भट्टराई, तुलसी पौडेल आरजना श्रेष्ठ को स्वघोषित उम्मेदवारीको बेलीबिस्तार एको एउटा तालीका नै पाए

यस्तो फेक इमेल बनाएर जो कोहीले  कथित उम्मेदवारको उज्यालो अध्यारो पक्ष केलाएका छन् त्यो एकदमै निन्दनीय यस्तो दुष्कर्म गर्ने चेष्टा पक्कै पनि अरुकोही नभ हामी सन्तानहरु बाटै कसैले दुस्साहस गरेको होला त्यही एर हामीसबैको विशेषतः वर्तमान कार्य समितिको यस्ता फटाहा व्यक्तिको पहिचान  जतिसक्दो चाँडो गरेर सबैको सामु नाङेझार पार्नु मुख्य कर्तव्य हो
घरमुली एर सोनसिकको खम्बा थाम्न जो आएपनि कृपया मेरो सानो मुखबाट निस्केको दुईवटा सुझावलाई मनन् गरिदिनुहोला प्रथम​, सोनसिक घरको पखेटाको रुपमा रहेको "सोनसिक जर्नल​" विगत दुई कार्यकाल देखि निसासिएर बसिरहेको २०१४ मा पाचौँ संसकरण निस्के पश्चात कुनै पनि सोनसिकको घरमुलीले उक्त सोनसिक जर्नल रुपी पखेटाको लम्बाई बढाउने कसरत गर्नु एको छैन यसपाली चुनिनु हुने घरमुलीले यो कार्यलाई प्राथमिकतामा राख्नु होला
दोस्रो, अध्ययन पश्चात टियुबाट यहाँ गरेको अध्ययनको समकक्षता पाउने प्रक्रिया निकै झन्झटिलो उक्त प्रक्रियालाई सरलीकरण गर्न यदी सोनसिकबाटै राष्ट्रिय स्तरमा कोरियामा रहेको विश्वविधालयका पाठ्यक्रमलाई टियुमा पहिचान गराउन सकियो भने समकक्षता पाउने प्रक्रिया केही हद सम्म सजिलो हुन्थ्यो यो कुरो पनि हुने वाला घरमुलीहरुले मनन् गरिदिनुहोला
अन्तमा, सोनसिक महाकुम्भको चुनावी मैदानमा जो जो सुरवीरहरू उत्रिनु एको उहाँहरु सबैलाई मेरो शुभकामना आशा यसपाली घरमुली एर पक्कै पनि एक प्रखर व्यक्ति आउनु हुनेछ

-धिरज चौधरी
फोनिज कोरियामा प्रकाशित
मितिः २०१६--१२

http://www.fonijkorea.net/%E0%A4%9A%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%B5%E0%A5%80-%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%AD%E0%A4%B5-%E0%A4%B0-%E0%A4%B8%E0%A5%8B%E0%A4%A8%E0%A4%B8%E0%A4%BF%E0%A4%95%E0%A4%95%E0%A5%8B-%E0%A4%AE