Articles by "hotel burgblick"
Tampilkan postingan dengan label hotel burgblick. Tampilkan semua postingan
आज मैले अतीतलाई देखें


भियाना डुलाएर ऊनलाई साल्जवर्ग घुमाउन लगेको थिएँ। मिरावेल प्यालेस​, साल्जवर्ग रेजिडेन्ज, साल्जवर्ग  जु लगायत थुप्रै पर्यटकीय विन्दुहरु घुमाएर भोलिपल्ट साल्जक रिभरमा फिसिङ गर्ने योजना थियो। करिब साँझ सात बजे होकवर्ग​-अक पुगेका थियौँ। अनलाइन बुकिङबाट मेरी बुढीले पहिले नै होटेल बर्गबिलिकमा रुम लिइसकेकी थिई।

रमिला अष्ट्रिया आएकी एघार दिनपछि बल्ल मैले अफिसमा बिदा मिलाएर ऊनलाई घुमाउने मौका जुराएको थिएँ। हुन केसिकालाई निहारलाई भ्याकेसनमा कतै नलगेको पनि दुई वटा हिउँद बितिसकेको थियो। निहार जन्मेपछि अनेक अडचनले गर्दा कहीँ जाने साइत जुरिरहेको थिएन। रमिलाइम्प्लोइमेन्ट एन्ड इकोनोमिक डेभलपमेन्ट​’ नामक सम्मेलनमा नेपाल प्रतिनिधि एर भियाना पैंतीस दिनका लागि आएपछि आज बल्ल ऊसहित हामी ​-परिवार एक हप्ते लामो भ्याकेसनमा निस्केका थियौं।

भोलिपल्ट सबेरै हिड्यौं साल्जक रिभरको एड्भेन्चर अनुभव गर्न। फिसिङको रमाइलो, बोटिङको सयर​, अष्ट्रियाको छिमेकी देशजर्मन भूमिबाट बहकिँदै आएको चिसो सिरेटो खाँदै परिवार प्राकृतिक आन्नदमा थियौं। केसिका सबै पलहरुलाई आफ्नो केमरामा कैद गर्दै डुङ्गाको माथिल्लो भागमा बसेकी थिई। निहार भुइँमा खेल्दै रमाइराथ्यो। रमिला फिसिङ रड लिएर फिसिङ गर्दै पुराना दिनका कुरा कोट्याउँदै थियौं।

रमिला मेरो फूपूकी छोरी थिई। एउटै उमेरका। पाँच दिनले मात्रै जेठो थिएँ म। हामीसगैं हुर्कियौं, बढ्यौं, पढ्यौं। त्यही एर हामी दाइ-बहिनीभन्दा पनि बढी साथी-साथी थियौं। मेरो कुरा उनलाई उनको कुरा मलाई सबै थाहा थियो।

फिसिङ रडको बिट स्टेण्डमा अड्याएर ऊनलाई सोधें, ‘रमिला, यसरी नै एक्लै बिताउँछौ जिन्दगी?’

के गर्नु दाइ, मनको दुरीमा अझै नजिक नै छ। अतीत जे गरे नि सच्याउन सक्दिनँ। त्यै भएर वर्तमानमा उसलाई हानी नपुर्याई आफु खुसी रहे भनेमात्रै विगतको गल्तीबाट मुक्ति पाउँछु होला,’ यस्तै भन्दै सात वर्षअघि राजको प्रपोज बेलैमा नस्वीकार्दाको पश्चताप ओकली।

हुन राजलाई उनले अहिलेसम्म प्रत्यक्ष भेटेकी छैन। हेमन्त भन्ने साथीबाट रमिलाले राजलाई ट्वीटरमा भेटेकी। पछि फेसबुकमा पनि उनीहरुको सम्बन्ध झाँगिदै गयो। बाक्लिँदै गएको सम्पर्कका कारण एक साँझ राजले उनलाई प्रपोज गरेको थियो। त्यस साँझ आत्तिँदै उनल मकहाँ आएर राजको प्रपोज सुनाएकी थिई। मैले उनलाई प्रपोज एक्सेप्ट गर भनेको पनि थिएँ। तर, सायद केटीहरु नखराको पर्याय एर होला मेरी बहिनीले पनि राजको प्रपोज तत्कालै स्वीकारिनँ। बरु उल्टैममीलाई सोध्नु पर्छ​’ भन्ने सिल्ली रिप्लाई त्यतिखेर पठाएर राजको प्रपोज टारी।

रमिलाको कुरा सुन्दा उनले पनि राजलाई खुब मन पराउँथी। बेलाबेला जिस्काउँथे, ‘मनमात्रै लाउँछौ कि माया पनि मिसाउँछौभनेर। भन्थी, ’रुक्नु दाइ राज नेपाल आएपछि भेटेरै उसको प्रपोज एक्सेप्ट गर्छु नि।

तीन महिनापछि राजले फेरि आफ्नो बर्थ डे मा प्रेम प्रस्ताव राखेको रहेछ। रमिलाले यो कुरा अलिक ढिलो सुनाई। यो दोस्रो चोटीको प्रपोजको झन् उनले केही नै रिप्लाई नगरी जन्मदिनको शुभकामना मात्रै दिएकी रहिछ।

मैले गाली गरेर उनलाई भनेको थिएँ, ‘पछि पछुताउनु पर्ला रमिला। यो दोस्रो चोटी चाहिँ तिमीले राजलाई स्वीकारेको हुन्थ्यो। पछि के थाहा तिम्रा सपना तिम्रै कारणले हत्या भयो भने।

एकबारको जिन्दगीमा गलत केटा नपरोस् भन्ने चाहन्थी। बढी सोच्थी। राजलाई माया नि औधी गर्थी। तर, एकबार पनि नभेटेको केटो भेट्दै नभेटी कसरी जिन्दगीमा सँगै हिँड्ने डरको भूमरीमा थिई।

उसको तर्क पनि ठिकै लाग्थ्यो मलाई। रमिलाले पत्रिकामा फेसबुक लभका कथाहरु थुप्रै पढेकी पनि थिई। बिहेको लागि भेट्दा केटा पछि अपाङ्ग निस्केको, सोचेजस्तो नभएको बदमास भएको थुप्रै घट्नाहरु सुनेकी पनि थिई। सायद यही डरले राजको नेपाल फर्काईको प्रतिक्षामा रही। भेटेरै मायाको छाल ल्याउँला, भेटेरै खुसीको बहार ल्याउँला भेटेरै जीवन समर्पित गरौंला भन्ने सपनाको संसारमा हराई।

फ्लासब्याकमै हुँदा बीचैमा केसिकाले बोलाउँदै कराउन थाली​, ‘सबै जना डुङ्गाको हुडमा आऊ। घाम तापेर रमिलाले नेपालबाट ल्याएको चाउचाउ साँधेर खान मजा आउँछ,’ डुङ्गामै घाम ताप्दै सबैजना साँधेको चाउचाउ खान थाल्यौं। चाउचाउ खाँदै रमिलालेभाउजु तपाईं झन् राम्री देखिनु भा पैलेभन्दा। यसको भित्री कारण के होभन्दै जिस्काउन थाली।

Saljajburg River


केसिका पनि के कम।रमिला, मेरो कुरा छाड। बरु तिम्रो आफ्नो सुनाउ। बिहे गर्दैनौं?’ यो प्रश्नले रमिलालाई सिधै घाउमा नुन छर्केजस्तै भयो।

रमिलाछोड्नु भाउजु, आवश्यकताभन्दा बढी आशा गर्नु आफैंमा घातक हुन्छ। अब बिहेबारी यो जुनी पारीभन्दै टोलाउन थाली।

एकछिन सबै मौन रह्यौं। केसिका क्यामराले उडिरहेको चराको फोटो खिच्न व्यस्त इन्। त्यही क्रममा सन्नाटा चिर्दै ल्यापटपमा रेडियो लिङ्कबाट यस्तो गीत बज्यो -

आज मैले अतीतलाई देखें

भुलेका ती पलहरू देखें

जब मैले तिम्रो मुस्कान देखें

आफैमा खुसीका लहरहरू  देखें

तिम्रो आखाँमा सपना सजाएँ

मनमा मायाको ताजमहल बनाएँ

तिम्रो बोलीको गीत बनाएँ

अनि,

तिम्रो सबै चिजहरुलाई मित बनाएँ

एक छिनपछि रमिला आफैं भन्न थाली​, ‘दाइ वसन्त पञ्चमीको भोलिपल्टको दिन अझै बिर्सन सक्दिनँ। रातभरि रोएर बसें। सबैतिर शून्यता महसुस गरें। मरूँमरूँ लागेको थियो त्यतिखेर।

राजको भन्दा मेरै बढी गल्ती ,’ बिलौना गर्न थाली।

अनि फेरि भन्न सुरु गरी -

त्यतिखेर मैले थुप्रै ग्रीन सिग्नल दिन्थेँ राजलाई। तर, आफैं त्यो सिग्नलमा धिमा गतिमा हिँडें। उसले नर्वेबाटनेपाल आएर फोन गरेको दिन जिन्दगीमा सधैंभरिका लागि रातो बत्ती बलेझैं भयो। मेरो जीवन नै रोकिएको थियो त्यतिखेर। राज बिचरा के गरोस्। उसको दुई चोटीको प्रपोजको प्रत्युत्तर दिएको थिइनँ। घरको दबाबमा केटी हेर्न एको मात्रै थियो।

राजले केटी हेरेर आएको तर डिसिजन लिन बाँकी भन्थ्यो। दाइ यहीँनिरचुकें म। यहीबेला विगतको उसको प्रपोज स्वीकारेको सायद अर्कैसँग बिहे गर्ने डिसिजन लिन हिच्किचाउँथ्यो कि?’

उनको ग्लानीले भरिपूर्ण कुरा सुनेर ऊसलाई सम्झाउँदै भने, ‘रमिला, जिन्दगीको अर्को नाम पीडा हो। पीडा नभएको जिन्दगी के जिन्दगी। राज अबपछि फर्किन पनि सक्दैन। तिमी राजको जिन्दगीमा अघि बढ्न पनि सक्दैनौं। त्यही भएर बाटो मोडेकै जाती। लिँडे ढिपीले जीवन चल्न गाह्रो छ। तिमी आफूले नै सोचेको योजनाको सिकार भयौँ। तसर्थ, जीवन जहाँ रोकेको छौँ त्यहीबाट हिँड्न सुरु गर। थुप्रै सहयात्रा गर्न लालयित यात्रीहरु तिमीलाई कुरिराखेका होलान्। करियरमा तिमी यति धेरै सफल भइसक्यौं। कर्पोरेट दुनियाँमा तिमीलाई नचिन्ने सायदै होलान्। अब आफ्नो सानो संसार बसाल। , जीवनमा पुनः खुसीको दीप प्रज्वलन गर।

यतिकैमा गफ गर्दागर्दै साढे तीन पनि बजिसकेछ सूर्यास्तअगावै हामी होटेल फर्किसक्नु पर्ने भएकोले डुङ्गालाई होटलतर्फ फर्काउन लगाएँ।

 
Hotel Burgblick
दाइ, तपाईंसँग कुरा गर्दा निक्कै राहत महसुस हुन्छ। आज फेरि जीवन जिउने ऊर्जा पाएँ। नेपाल फर्केपछि जीवनको गोरेटो बदल्नेछु। तपाईंकी बहिनी अब सधैं खुसी भएर अगाडि बढ्छे।

हो नि, रमिला। खुसी हुनु नै मानव भएर जन्मेको सार हुनु हो। अनेक चौबाटोहरुमा अनेक पिरती गासिन सक्ला। सबै पिरतीहरुमा खिरकै स्वाद पाइन्छ भन्ने छैन। कहिलेकाहीँ पीर पनि पाइन्छ। पीर टर्रो हुन्छ। निल्नजाने सजिलै मुक्ति पाइन्छ। निल्ननजाने जीवन जिउनुको स्वाद पाउने जिब्रो नै बिग्रन्छ। त्यही भएर भरसक कसैलाई पनि पिरतीको पीर नलागोस्, बचनको तीर नलागोस्,’ मैले भनें।

धिरज चौधरी 

प्रकाशित मिति: शनिबार, साउन २२, २०७३ ११:१४:३७

http://setopati.com/sahityapati/50980/