Articles by "Nepali Poem"
Tampilkan postingan dengan label Nepali Poem. Tampilkan semua postingan
कविता

तिम्रो बुईँ चढ्दैथिए,
मनको ढुकढुकीमा बस्न खोज्दैथिए,
चोइटीएका हामी एकहुन सोच्दै थिए,
अन्यासै तिमिले
मेरो मनको मन्दिरहरुउजाडिदियौ,
मेरा संरचनाहरु क्षतविक्षत बनाइदियौ,
हाम्रा सदभावहरु धुवाको मुस्लोमाउडाइदियौ

विलासी तिम्रो साम्राज्यमा
सिउँडीका काडाँहरु सँग छल्दै,
गल्लीका साढाँहरु सँग जुझ्दै,
समाजका छाडाँहरु सँग लड्दै,
उठेँ, ब्युझिएँ,
कही कतै नि उदाएँ,
सुर्य​, चन्द्रमा झैँ चम्किनखोजेँ,
तिम्रो विशाल वोधी वृक्षको
एउटा सानो अशंहुन तमसेँ,
हठाट,
गहिरो,लामो निन्द्राकोस्वपनबाट ब्युझिदा
आफैँलाई,
तिम्रो ढुकढुकीबाट अलगीएको पाएँ,
दुर छितिजको  कसिङगरकोरुपमा पाएँ,
अनि,

कहि कतै आफैँलाईसिमान्तमा पाएँ !!!

कविता


उनी,
घर छेउको मनमोहक सिमसारबिर्सेर
नैनीतालमा रमाउँछीन
किर्तिपुर धुलिखेलकाविश्वविध्यालय बिर्सेर
अष्ट्रेलिया अमेरिका धाउछीन
अनि,
राष्ट्रिय ध्वजाबाह्क लत्याएर
सरर.. र.. र…निजि विमानमा सयरगर्छिन

तैपनि,
राष्ट्रियवादकोकोरा वकालत गर्नछाड्दिनन्
, वकमफुस्रे भाषणहरूमा,
मधेश पाहड  बिचखाल्डो खन्छिन्
धोति टोपी  बिचयुद्ध छेड्छिन्
काला गोरा  बिचदक्षिणवाद उत्तरवादका  विल्लाभिडाउछिन्

दुर क्षितिजको दर्शकदिर्घामा ​,
भिजेको मुसा झैँ
खुसुक्क उनको भाषणमनन गर्छु
चिसिएको मनले
लुसुक्क उनको शाषणसहन गर्छु
अनि रितिएको पेटले
सुटुक्क उनको रासनसेवन गर्छु
त्यहि भएर​,
कथित राष्ट्रियवादले आज मलाई
रङहरूको पर्वमा बेरङ बनायो
रातमा फुलेर बिहानिपख झर्नेपारीजात बनायो

गुन गुन गरिरहनेझुल बाहिरको मछडबनायो ॥॥॥