Articles by "mental tension"
Tampilkan postingan dengan label mental tension. Tampilkan semua postingan
अनुभव​
पिएचडी फोविया

अनुसन्धानत्यो कार्यहो जुन गरिरहेकोहुन्छु तरमलाई नैथाहा हुदैन केगरिरहेको हुन्छु
कोरियाकोख्योङ्गी विश्वविध्यालयको प्रयोगशालामा मेरो दिनचर्या यस्तै दिनहुँचौध-पन्ध्र​ घण्टाव्यस्त रहन्छु तरमलाई स्वयम थाहा हुदैन केमा व्यस्त रहन्छु मध्यरातओछ्यानमा ढल्किने बेला सोच्छु- “आजके गरे ?”छटपटी सुरु हुन्छ निन्द्रालाग्दैन दिनभरिकोउपलब्धी केही भेट्दिन अर्कोदिन फेरी उही कामहरुको चाङ जस्ताको त्यस्तै देख्छु
प्रारम्भमापिएचडी को विध्यार्थी हुदाँ अहिलेकेही अन्तराल बिताईसक्दा धेरै उतारचढाव  भोगीसके भोग्दैछु महत्वाकाङ्क्षाहरुघाताङ्कीय क्रममा उधो लाग्दै पहिलोवर्ष मेरो अध्ययनको विषयमा के-के गर्छुजस्तो लाग्थ्यो थुप्रैरिसर्च पेपरहरु निकाल्छु जस्तो लाग्थ्यो तरनिरस एकैखालेदैनिकीले गर्दा उद्देश्यहरुमा नियमित ह्रास आउँदै गयो । विश्वविध्यालयको न्युनतम आवश्यकता पुर्याएर दिक्षित हुन मात्रै पाए हुन्थ्यो जस्तो पनि लाग्न थाल्यो
पिएचडी सोधकर्ताको रुपमा मेरो जीवन​ एउटा निश्चित महत्वपूर्ण  उद्देश्यका प्राप्तीकानिम्ति अनुबन्धित तर​ उद्देश्य चुम्ने समय सम्म मेरो मथिगंलमा पिएचडी फोवियाका अनेकन प्रारुपहरु देखा पर्दैछन्
मोवाइलकोअलराम सगैँ ब्युझिन्छु प्रोफेशरभन्दा अघि नै ल्याव पुग्ने कोशिस गर्छु आफ्नोडेस्कमा डेस्कटप अन गरेर कफी बनाउँछु कफीपिउँदै एकलट इमेल चेक गर्छु अनलाईनन्युजहरु सरसर्ती हेर्छु सामाजिक संजालाहरुमा एकफन्को मार्छु त्यसपछिल्यावको काम तिर ध्यान मोड्छु अघिल्लोदिनको अधुरो कामलाईनिरन्तरता दिन्छु यतिकैमालन्च टाइम हुन्छ लन्चपछि पुनः काम सुरु गर्छु कामगर्यो , मेहनतगर्यो, समय खर्चियो तरजीव विज्ञानको अनुसन्धानमा परिणामहरु प्रायः हात लाग्यो सुन्य हुन्छ
साझँ पर्छ मस्तिष्ककोउर्जा शिथिल भैसकेको हुन्छ​ । सुन्य परिणामलेफ्रस्टु पारेको हुन्छ ल्यावनोट​, ल्यावरिपोर्ट​, पेपर रिसर्चप्रपोजलको कामले रातको दश बजिसकेको पत्तो चल्दैन यसरीपुरै दिन लगभगआधा रात पिएचडीको नाममा समर्पण भईरहेको हुन्छ अनेकतिक्तताका बाबजुद​ मेरोपिएचडीचक्र यसरी नै चलायमान भईरहेको छ​
मेरोपिएचडी चक्रकोरियामाअध्ययनरत धेरै साथीहरु सगँ मेल खान्छ होला   पिएचडी कालमा हामी सगँ विरलै रोमान्टिक रोमान्चितविकेन्ड हुन्छ समयलाग्ने प्रयोगहरुले गर्दा धेरैले ल्यावलाईनै आफ्नो डेरा बनाउछन् फाष्टफुडहरुप्रायः हाम्रो लन्च बन्छ फ्रिजकावासी खानाहरु हाम्रो नियमित डिनर हुन्छ कहिलेकाहीँहुने जमघटमा साथीहरु उही ड्याङका हुन्छन् त्यस्तापार्टीहरुमा गफहरु पनि दिक्क लाग्ने अनुसन्धान ल्यावकैसेरोफेरोमा सेलाउँछ​
पिएचडीकोउत्तरार्धमा इमेलहरुलेपनि चैनले बस्न दिदैन इन्बक्समाटोपलिएका इमेलहरु कुनै उत्साहजनक हुन्छ त कुनैनिकै पिडादायक रिसर्चपेपरहरु राम्रो जर्नलमाअक्सेप्टेडलेखिएको इमेलको प्रतिक्षामा हाम्रो समय तड्पिन्छ पेपर प्रकाशनार्थ बुझाईसके पश्चात हामीरिजेक्टेड”​, “रिभ्यु”, “अक्सेप्टेडजस्ता शब्द सुसज्जित इमेलको पर्खाईमा रहन्छौँ एउटापेपर कम्तीमा चार​, पाँचवटा जर्नलबाट रिजेक्टेडको घाउ नपाए सम्म छापिन मुश्किल पर्छ इमेलरिफ्रेश गरिरहने लत  लाग्छ कुनै इमेल आयो भने पेपर सम्बन्धित नै हो की भन्ने भान पर्छ
एकाध विदामा कतै एकोबेला कसैले सोधिटोपल्छन् – “तिम्रो पिएचडीको रिसर्च के हो ? कतिवटाजर्नल छापियो ? कहिलेग्र्याजुएशन हुदैछौँ ?” अवोधकेटाकेटीलाई ठूलाबडाले चुम्बन गरेर, गाला सुम्सुम्याएर ​दिक्क बनाए जस्तै, यस्ताप्रश्नहरुले अनाहकमामलाई दिक्क बनाउँछ मनमाचसक्क घोच्छ आफैलाईबुझ्न मुश्किल अनुसन्धानको विषयमा अरुलाई कसरी प्रस्ट्याउनु ? दर्जनौँ जर्नलले रिजेक्टेड गरेर हतोत्साहीत पारेको बेला रिसर्च पेपर प्रकाशन गर्न कति पापड पेल्नु पर्छ भन्ने कुरा कसरी व्याख्या गर्नु ? दिक्षितहुने दुरदुर सम्म कुनै ठेगान आफैलाई थाहा नहुदाँ पिएचडी कहिले सकिन्छ भनेर कसरी उत्तर फर्काउनु ?
सबैको पिएचडीको व्यथा आआफ्नै खाले छन् गर्लफ्रेन्डहुनेहरु पिएचडीको विषाक्तले ब्रेकअपको सघांर​ सम्म पुग्छन् जहिलेल्याव-ल्याव भनिरहदाँ विचरी गर्लफ्रेन्डहरु पनि निराश बन्छे विकल्पखोज्न बाध्य बन्छे अनिआफ्नो बाटो तताउन विवश पर्छे बिहेगरेकाहरुले आफ्नी पार्टनरलाई समय दिन नपाउँदाको बेचैनी झन कहाली लाग्दो होला
पिएचडी फोवियाको आर्थिक पिडा झन भयानक छ​ जस्ता न्युनतम स्टाइपेन्डमा गुजारा चलाउनेको पिएचडीएउटा कहर नै सावित हुन्छ त्यसमाथिघरपरिवार, श्रीमतीपनि सोही स्टाइपेन्डमानिर्भर भनेमहिनाको अन्त्यतिर खल्तीमा मानओनपनि बच्दैन दौतरीहरु कोहि विदेशमा कोहीस्वदेशमा आर्थिक सवलता तिर उन्मुख भईरहदाँ हामी जस्ता पिएचडीका विध्यार्थीहरु पैसा कमाउने उमेरमा सम्पूर्ण जोश अनुसन्धानमा केन्द्रीत गर्छौ चार​, पाँच वर्ष अवधीमा फेसबुकहरुमा पोस्टिएका तिनीहरुका अर्थिक विलाशिता झल्किने तस्विरहरुले आफैँलाई गिज्याईरहेको महसुश​ हुन्छ
जीवन यस्तो मोडमा अड्किन्छ जहाँबाट हामी पिएचडी हापेर फर्किन मुश्किल पर्छ । सुरुवातमा निराशाले ढाक्छ । सबै कुरो भ्रम लाग्छ । केही बुझिदैन । नैराश्यता छाउँछ । त्यसमाथि विल्कुलै भिन्न भूगोलमा बसेर पिएचडी गर्नुपर्दा मुखमा चिराइतो चपाए भन्दा पनि तितो लाग्छ  जीन्दगी ।
पिएचडी प्रती यति नकरात्मक हुन्छौँ की पिएचडी शब्द सुन्ने बित्तिकै पनि तर्सिन थाल्छौ । एक प्रकारको सिन्ड्रोमको विकास तिव्र गतिमा हुन थाल्छ । केही कालखण्ड सम्म हामी पिएचडी सोधकर्ताहरु कुनै न कुनै पिएचडी फोवियाबाट अवश्य गुज्रिरहेका हुन्छौँ ।
यस्ता विविध समस्याहरुको पर्खाल​ भत्काएर पिएचडी सकाउनु विष मन्थन गरेर अमृत बनाउनु बराबर हो । भ्रमैभ्रम र अनिश्चितता मडारिरहेको बेला सोधकर्ताहरुको जीन्दगीमा एउटा यस्तो घडी आउँछ जहाँबाट​ उसले भ्रम र अनिश्च्यहरुलाई तोड्न सफल हुन्छ । एक्कासी आकाशमा विजुली चम्के झैँ आफ्नो पिएचडी चक्रमा सही प्रकाश पहिल्याउन पिएचडी सोधकर्ताहरु सक्षम हुन्छन् ​।
समग्रमा पिएचडी अध्ययनका बेला धेरै उतारचढाव सामना गर्नु पर्छ । सबै अड्चनहरु सगँ जुध्दै अघि बढ्दा पिएचडी सकिदाँ सम्म हामी जीवनमा आईपर्ने सबैखाले चुनौतीहरु सगँ लड्न सक्षम बनिसक्छौँ । चुनौती र भ्रमको भुमरीमा रुमलिरहदाँ जीवनमा के गरिरहेको छु भन्ने अचम्म लाग्न  सक्छ । तर सुस्तरी हामी बुझ्दैँ जान्छौ जीन्दगी भनेकै चुनौतीको अर्को रुप हो । पिएचडी सगँसगैँ हामी जीवन जीउने कला समान्तर रुपमा सिक्दै ग​ईरहेका पनि हुन्छौँ । अनुसन्धानमा व्यस्त रहिरहदाँ हामी सिर्जना र बौदिकताको आडमा जीवनमा आईपर्ने अधिकांश बाधा-अड्चन फुकाउन पनि सिकिरहेका हुन्छौँ ।
अन्त्यमा त्यो दिन आउँछ, जुन दिनको प्रतिक्षाका लागि हामी वर्षौ प्रयोगशालामा बिताएका हुन्छौँ । दिक्षित हुने दिनमा खुशीको बाढीले पिएचडीका सबै फोवियाहरुलाई बगाएर पाखा लगाईदिन्छ । दिक्षित पश्चात हाम्रो लागि एउटा सुन्दर भविष्य कुरेर बसिरहेको भेट्छौँ । अध्ययन पश्चात  आफ्नै देश​, आफ्नै समाजमा फर्केर पुग्दा सामाजीक प्रतिष्ठाको चुली पनि निकै चुलीएको आभाश​ हुन्छ । पिएचडीको आफ्नै मान भेट्छौँ, आफ्नै शान भेट्छौँ र आफ्नै गुनगान गुन्जिएको भेट्छौँ । त्यहीभ​एर पिएचडीको अनुसन्धानमा डुबेको बेला हामी कोही नअत्तालियौँ, नहड्बडाऔँ, नडगमगाऔँ ।



-धिरज चौधरी
http://sonsik.org.np/wp-content/uploads/2014/08/SONSIK-SMARIKA-5-SONSIK-Souvenir-Volume-5.pdf