Articles by "Struggle"
Tampilkan postingan dengan label Struggle. Tampilkan semua postingan
कथा
अधुरो बिहे



यात्रा अझै चारघण्टा बाकी थियो महेन्द्रनगरबाट विराटनगरकोबाटो करिव चैध​-पन्ध्र घण्टा होला पट्यारलाग्दो तरिकालेमैले दश घण्टाकटाइसकेको थिए शिक्षक सेवा आयोगकोविज्ञान विषय मावितहको परिक्षा उत्तिर्णगरि शिक्षकको रुपमा मोरङ जिल्लाकोगोविनपुर गाविसको  माविस्कुलमा नियुक्ति थाप्न गईरहेकोथिए सुदुरपश्चिमकोपरिवेशमा हुर्केको अल्लारे ठिटो सुदुरपुर्वको भूमिमा कर्मथलो बनाउनकस्सिएको   थिए नयाँ ठाउँ, नयाँमानिस​, नयाँ वातावरणकस्तो होला कल्पनागर्दै दिउसोदुई बजेतिर गोविनपुरविध्यालयको प्राङणमा पुगेको थिए
सिसौका रुखहरुमा नयाँ पालुवाबाट वसन्त ऋतुको छनक प्रष्टै आइरहेको थियो । विध्यालयको प्राङणमा पुग्ने वित्तिकै आउदो जेठ महिना प्रस्सतै लिचीको स्वाद चाख्न पाइने आभाश त्यहाँ रहेका लिचीका बोटहरुमा फूलेका फूलले परैबाट दिईरहेको थियो । विध्यालय हातामा प्रवेश गर्ने बित्तिकै मैले एक जना सरलाई भेटेँ । सामन्य परिचय पछि उहाँले मलाई हेडसरको अफिस दोस्रो तल्लामा रहेको अवगत गराउनु भयो । हेडसरको अफिसमा सबैसगँ परिचय गरेर त्यस दिनको हाजिर पश्चात​ उहाँले मेरो लागि कोठा खोजिदिनुभएको घरमा लानुभयो । काठको घर​, दक्षिण-पूर्व फर्किएको, अगाडि बार्दलि, राम्रै थियो कोठा । थकानले गर्दा त्यसदिन मैले केहि गर्न सकिन​, आराम गरेर कोठामा बिताए ।
भोलीदेखि गोविनपुरको मुटुमा रहेको विध्यालयको स्थाई शिक्षकको रुपमा मेरो दिनचर्या सुरु भयो । नयाँ ठाउँ सुरु सुरुमा अप्ठ्यारो लागे पनि सबैकुरा विस्तारै सहज हुदै गयो । महिना, दुई महिनामै म सबै सगँ हेलमेल भ​ए।
दिनहरु बित्दै थिए । जेठ​-असारको घाम, साउने झरिको हिलाम्मे बाटोहरु, पुष​-माघको सितलहरहरु, र चैत-वैशाखको कोइलीको सुमधुर आवाज सबैसगँ साईनो गाँस्दै गोविनपुर बस्न​ थालेको नि एक वर्ष पुरा भ​ईसकेको रहेछ । यस्तैमा एकदिन पुषको न्यानो घाम ताप्दै हामी स्टाफ साथीहरु गफिदै थियौँ । कुरैकुरामा हेडसरले जिस्काउँदै भन्नुभयो, "विजय सर, यसपाली त बिहे गर्ने होइन ।"
जिस्किदै मैले नी भने, "गर्ने त हो सर । तर लगन जुर्नुपर्यो नी ।"
"लगन त जुराउने हो, अचेल आफैँ जुर्दैन ​।" सामजिक पढाउने तामाङ​ सरले कुरा थप्नु भयो ।
यस्तैमा अम्बिका मेमले, "सिरियसल्लि सर​, तपाईलाई सुहाउने एउटी केटी मेरो नजरमा छे । सायद जात पनि मिल्छ कियारे । तपाई इन्ट्रेस्टेड हुन्नुन्छ भने म कुरा अगाडी बढाउन सक्छु" भन्नुभयो । मैले हुन्छ भन्नुभन्दा अगाडी नै अरु साथीहरुले "हुन्छ हुन्छ, कुरा अगाडी बढाउनु मेम्" भनेर गिज्याउन थाले । कुरोको पोको फुकाउँदै मेमले उनको नाम शान्ता हो । स्टाफ नर्स सकेकी । घर परिवार सबै राम्रो हुनुहुन्छ ।" भन्दै उसको बारेमा थुप्रै कुराहरू सुनाउनु भयो ।
सबैको दबावमा परेपछि मैले, "हुन्छ मेम​, पहिला उनको फोटो हेरौँ अनि सोचौँला" भनेर कुरा टारे । तत्कालै मेमले फेसबुक खोलेर शान्ताको तस्विर देखाउनुभयो ।
लगभग ५.५ ईन्च हाइट, असिमेट्रिक हेयर स्टाईल​, लाम्चो अनुहार​, फिक्का गोरी, नर्स ड्रेसमा सजिएकी फेसबुकको त्यो फोटो मलाई राम्रै लाग्यो । ख्याल ठट्टामा निस्केको बिहेको कुरा मेरो मनमा चाँहि गहिरो असर पर्यो । भोलिपल्ट स्कुलको ब्रेक टाइममा म आफैँले अम्विका मेमलाई एकचोटि केटी र केटीको घरपरिवार सगँ भेटघाटको चाजोपाजो मिलाउनुपर्यो भनेर अनुरोध गरे ।
अम्विका मेमले - "म कोशिस गर्छु" भन्नुभयो ।
माघीको दिन शान्तालाईपहिलोचोटी प्रत्यक्ष भेट्न पाएँ ।अम्विका मेम​, हेड सर शान्ताकोघर गएका थियौँ कुराको श्रीगणेश हेडसरले  गर्नुभयो शान्ताकोबुवा आमा सगँघरपरिवार​, जात​, गोत्र आदिइत्यादीको बारे कुराकानीपश्चात शान्ता मलाईबैठक​ कोठामा एक्लैछाडेर सबै बाहिरनिस्के दुवैजना अलिअलि आत्तिएका, बोल्न अप्ठ्यारो, मुहारमालज्जाभाव​, नर्भसलेगर्दा बोलि नैलरबराई रहेको थियो जसोतसो सामन्य कुराकानी गर्यौँ ।  फेसबुकमाएड गर्यौ पछि फेसबुकमाकुराकानी गर्ने सल्लाह भयो
भेटघाटको करिव चार दिन पछि बल्ल उ सगँ च्याट गर्ने अवसर जुट्यो । यसपश्चात फेसबुकमा हाम्रो  घण्टौँ गफ हुन थाल्यो । एकछिन अनलाईन नहुदाँ फेसबुकका मेसेज बक्सहरु उनको सन्देशले टन्न भरिन्थियो । समय सगँसगै सम्पर्क​ बढ्दै गयो । फेसबुकबाट हुदाँहुदै फोनमा समेत घण्टौँ  कुराकानी गर्न थाल्यौँ । नजिकिदै ग​एको हाम्रो सम्बन्धमा अप्ठ्यारो लाग्ने सिमाका सम्पुर्ण रेखाहरु धुमिल भइसकेको थियो ।
चैत्र तीन गतेका दिन उनको जन्मदिनमा मैले बिहेको प्रस्ताव राखे । हामिले एकअर्कालाई राम्ररि बुझिसकेको, घर​-परिवारको मन्जुरी र एक प्रकारको हामिबिच पलाएको प्रेमले गर्दा उनलाई मेरो बिहे प्रस्ताव स्विकार्न समय लागेन । अनि दुबै तर्फको परिवारको सल्लाहमा जेठ १७ गते हाम्रो बिहेको डेट फिक्स भयो।
खुशीको महासागरमा हामी छलाङलाउदै थियौँ भविष्यको कल्पनाहरु, जिवनको योजनाहरु सुखको त्यान्द्राहरुउन्दै थियौँ पलभरमै सबै सपनाहरुमाडढेलो लाग्यो
"शान्ताकोब्लड रिपोर्टमा  एच. आई.भि. पोजेटिभ " मेरो इन्बक्समा उर्मिलाकोमेसेज आयो उर्मिला शान्ता सँगै कोशिअस्पतालमा काम गर्थिन


छागाँबाट खसे जस्तै अवाक भएएकछिन मेरोखुट्टाहरु चलेन स्कुलमै बेहोशएछु पखांको हावामा एकछिन बसेपछिहोशमा आए अम्विका मेमलाईइन्बक्सको मेसेज पढ्न दिए तुरुन्त मेमलेशान्ताको बुवालाई फोन गर्नुभयो फोनमा बुवारुन थाल्नुभयो बाकी कुरा हुनैपाएन तत्कालै भक्तसर शान्ताको घरगयौँ आँगनभरिमान्छेहरु थिए आँगनको उत्तरपट्टिमा थिईन सेतोकपडा भित्र​ सधैभरिलाई निदाएकी मेरिशान्ता । बनिसकेको घर एकाएक भत्कियो । उनिसगँ बिताएका प्रत्येक समयहरु मस्तिष्कमा झल्झली आइरहयो। सिसौका छहारीमा उनको काखमा ढल्केर बिताएका क्षण होस वा नजिकिने नाममा हामिबिच रहेका सबै पर्खालहरु भत्काएका पल​,  सबै फनफनी घुमिरहयो ।
केहि समयपछि एकदिन जिशिका छेउमा उर्मिला सगँ मेरो भेट भयो । कफी खादै गफ गर्दा उर्मिलाले भनिन्,"दाइ एकचोटी तपाई पनि रगत जाँच गर्नुस” । त्यसैदिन उनैले चिनेको ल्याबमा ग​एर एच. आई. भि. जाँच गराए । तीन दिन पछि धन्न​ मेरो रगतको रिपोर्टमा एच. आई. भि. नेगेटिभ आयो । ब्लड रिपोर्टको एच. आई.भि. नेगेटिभ सँगै मनमा अनेकन प्रश्नहरु उब्जियो । मलाई एच. आई.भि. नेगेटिभ आउनुको अर्थ शान्तालाई पहिला कहिल्यै एच. आई. भि. थिएन । सुसाईड गरेर यो संसारबाट उनी बिदा भ​एपनि बेलाबेला आजपनि एउटै प्रश्नले सताईराख्छ "आखिर उनलाई एच. आई. भि. कसरी लाग्यो ?"

प्रकाशित मिति: शनिबार, आषाढ ११, २०७३ १०:२५:५२
(http://setopati.com/sahityapati/48776/)