Articles by "poem"
Tampilkan postingan dengan label poem. Tampilkan semua postingan


सपनाहरु


मेरा मित्रहरु,
कोहि मेल्बोर्नमा सपनाहरु बेच्दै छन्,
कोहि लण्डनमा सपनाहरु बुन्दै छन्,
कोहि मण्डलामा सपनाहरु साट्दै छन्,
अनि,
कोहि बैज्ञानिक र उप-बैज्ञानिक,
कोहि साहित्यकार र नाट्यकर्मी,

कोहि जीवन - दर्शनका दार्शनिक,
संगै प्रकृतिले स्पर्स गरेका साथीहरु
आज,
स्वयम् प्रकृति निर्माता भैसके,
स्वयम् संसार निर्माता भैसके,
स्वयम् सपना बिक्रेता भैसके,
तर,
गेट्स, बफ्फेट, र अम्बानीका
सपनाहरु संगै दजिने
मेरा सपनाहरु,
अझैं
जल रहित धारो जस्तो,
विर्य रहित पुरुष जस्तो,
पुष्पवृक्ष रहित घर जस्तो,
कठोर र निर्देशनहीन छन् ........................

-2016/5/18