Articles by "gajal"
Tampilkan postingan dengan label gajal. Tampilkan semua postingan
       गजल​


जता गयो उतै हुने, सस्तो भन्ने माया हैन ।
घरिघरि साथ दिने, साथ भन्ने छायाँ हैन ॥

देउरालीको प्रीत मझेरीमा टुट्छ भने,
छियाछिया मुटु हुन्छ​, घाउ भन्ने चाया हैन ।

बलेसीँको पानी खस्दा होस खुल्ने प्रेमीहरु,
तनधनमै मन नमार​, मन बोक्ने काया हैन ।

भित्रभित्रै छुरा चल्यो, रगत जति भित्रै सुक्यो,
मलमपट्टी लाउदा घोच्ने शब्द हान्ने दाया हैन ।

साथी भन्ने सबै जति असल हुन्छ भन्ने छैन​,
मिठो मुस्कुराउदाँ फस्ने सबै ठिटी जाया हैन ॥


-धिरज चौधरी

गजल​

देश घुमेर बेश भयो ।
हत्याहिसांको भेष देख्यो ॥

बुद्धको देशमा शान्ति हरायो ।
जतातै अशान्तिको केश भयो ॥

गोला र बारुद्धको शासन चल्यो ।
संविधानको पाना जाडो छल्ने खेश भयो ॥

दुई बन्दुकको युद्ध उग्र भयो
कलमहरुको संघर्ष लेश भयो ॥

गिद्धले सबैलाई आफ्नो सिनु बनायो ।
लाशहरुको सगरमाथाको देश भयो ॥



-धिरज चौधरी
गजल​




मन मेरो उपहार भयो, तन मेरो नासो भयो ।
जीवनको यात्रामा प्रेम मेरो मुक्तिको  पासो भयो ॥

जीन्दगिको कस्तो नाम हो यो प्रीत लाउदा पीडा हुने,
पीडा सगैँ मन पोल्यो मन मेरो ध्वाँसो भयो ॥

तिमिसगँ पीरती बस्दा साथीभाइ खासखुस गर्छन्,
हिजोआज सबैको गफमा हाम्रो प्रेम चासो भयो ॥

आफु बेचिएर प्रेमको नाममा वेश्या बन्नेहरु,
वेष्या बन्नेलाई हाम्रो प्रेम हाँसो भयो ॥

सद्भभावको वीज उमार्न खोज्दा बाढी आई बगायो,
प्रेमको टुसा फक्राउन खोज्दा समाज हाम्रो ब्वासो भयो ॥॥॥


- -धिरज चौधरी
केहि गजलहरू

1.
फूल भनी छुनखोज्दा, घोच्छ मुटु काडाँले
मायालु भनी मायागर्यो, रुवाउँछ मन निष्ठुरीले ।

बलेसीँको पानी खस्यो, होस मेरो बल्लखुल्यो
चोखो गुण जतिलायो बुझ्ने हैनबैगुनिले ।

मझेरीमा बस्थ्यौँ हामी गफहुन्थ्यो मिठामिठा
साथ निभाउछौ भन्थ्यौ कसमखान्थ्यो जीन्दगीले ।

जता गयो उतैदेख्यो सपनाको संसार
पग्लेको मन चट्टानभयो धोका दिदाँबहुरुपिले ।
……………………………………………………………………………………………………………………………………………………………………………………
2.
तिम्रो साथ बिताएकाती पलहरुमा प्रेमकोनहर बगायौ
धेरै दिन भयोनदेखेको सपनीमा आई भेट्नेरहर जगायौँ ।

घृणालयमा हुर्केकाहरू प्रेम पाउनधेरै भड्किन्छन्
भड्केको यो मनलाईतिमिले आफ्नै प्रेमको शहरघुमायौ ।

तिमि बिना सक्दिनजिउन बेहोसिको योकस्तो लहड हो
मोहनी लायौ तिम्रोसाथ बस्ने कसरिमलाई आफ्नो भरबनायौ ।

घृणा गर्ने यो मनलेप्रेम गर्न थालिसक्यो
मरिसक्यो घृणा जति, घृणा मर्ने कस्तोजहर पिलायौ ।

निराशाको बाढी बग्नेआध्यारो मुहार थियो मेरो
आशाको दिप जल्छआज​, खोइ कस्तोप्रेम लहर चलायौ ।
……………………………………………………………………………………………………………………………………………………………………………………

3.
गुलाफको फूल स्विकार्दा, घोच्ने काडाँ स्विकारेको छु
तिमिसँग प्रित गाँस्दा, घोच्नेवचन स्विकारेको छु

चन्द्रमा हेर​, उज्यालो कति, कालो दाग औल्याउदैनकसैले
त्यसैले तिमिलाई पनि प्रेमगर्दा सबै दागहरुस्विकारेको छु

सगरमाथा चढ्नु सघंर्षशिल हुन्छ​, चढ्न सबै आतुरहुन्छन
तिमिलाई पाउनु कठिन पाउन धेरैतड्पेको छु

भमराको आन्दाजमा "सबै तिमिलाई प्रेम गर्छु " भन्छन
रस चुस्सिएको मध्ये एजहुँ, भमराबाट धेरैरोएको छु

पूर्वबाट झुल्केको ओजस्वि सुर्यपश्चिममा ढल्केको

तिमिबाट झुल्केको निश्चिततिमिमै ढल्केको

2016/5/26
गजल​




हरपल जताततै तिमिछाएको भानभयो ।
जिन्दगिका सबै गीतहरुतिम्रो नाममाप्रेमगान भयो ।।

आजभोलि हरेकतर्फ तिम्रोप्रेमले रमाएकोछु,
त्यसैले स्वर्गका सबैअप्सरा दानवलाईस्वदान भयो ।

भोक तिर्खा सबैमेटियो, निद्रापनि हरायो,
धेरैलाई उछिनेर तिम्रोमाया पाउनुआत्माशान भयो ।

तिमिसगँ बिताएका प्रत्येकपल याद्गरथियो,
त्यसैले अरुसगँ पलहरुसुपारिसगँ खाने मिठ्ठापान भयो ।

औशीको रात पनितिमिले गर्दाजुनेलि रातभयो,
त्यसैले  नचिनेकाप्रेमपाठहरु तिमिले गर्दा चिनजान भयो ।।।

2016 May 10