Articles by "Development"
Tampilkan postingan dengan label Development. Tampilkan semua postingan
धुलोमा अल्झिएको विराटनगरको फड्को

Biratnagar Dust Pollution


परदेशबाट घर जाने टुङ्गोले मन फुरुङ्ग थियो । दक्षिण कोरियाको प्राध्यपकहरुको चङ्गुलबाट फुत्किन​ कम गाह्रो थिएन । जसोतसो विदा स्विकृत भयो । विदा पक्का भ​एपछि नेपाल ग​एर यसपाली यो गर्छु, त्यो गर्छु, यहाँ जान्छु, त्यहाँ जान्छु जस्ता यावत योजनाहरु आफैँ उनिन्दै अनि आफैँ फुस्किदै थियो । अन्ततः पुषको अन्तिम जाडोमा कोरियाबाट मलेशिया, मलेशियाबाट काठमाण्डौँ ट्रान्जिट हुदै आफ्नो थलो विराटनगर विमानस्थलमा अवतरण गर्ने सौभाग्य जुर्यो ।
साझँको अन्तिम विमान । समयमै उडान र समयमै अवतरण । विराटनगर विमानस्थल वरपर झिलिमिली बत्ती । आकाशबाट देखिएको सुन्दर शहर । एकपल त मन सम्मोहीत नै भयो । अनि सोच्न थाले- नेपाल बदलिएछ । विराटनगर फेरिएछ । गाउँ सप्रिएछ​ ।तर विराटनगर एयरपोर्टबाट पंचमुखी चौकमा रहेको मेरो निवास सम्म पुग्दानपुग्दै सडकको धुलोले सबै सोचहरुलाई क्षणभरमै दुषित बनायो ।
औद्योगिक शहरले चिनिने । देशलाई थुप्रै चोटी प्रधानमन्त्री दिईसकेको भूमी । नेपाली राजनीतिको उद्गम क्षेत्र । र पुरानो संरचना अनुसार राजधानी पछिको क्षेत्रफलको आधारमा सबै भन्दा ठुलो शहर । अफसोच ! यस्ता कयौँ विराटनगरको पहिचानहरु समयको गति सगैँ परिमार्जन हुन सकेनन् र सबै ओझेल पर्दै ग​ए ।
वर्तमान संरचना अनुसार देशले पोखरा, भरतपुर​, र​ ललितपुर जस्ता शहरहरुलाई महानगरमा बढुवा गर्यो । विराटनगरलाई पनि महानगरको मोहर लगाउनका निम्ति लामै समय देखी लविङ हुदै आईरहेको थियो । तर विडम्बना विराटनगरवासी महानगरवासी बन्न सकेनन् ।
शहरीकरणको पुरानो इतिहास बोकेको विराटनगरको विकास आखिर के मा सधैँ अल्झिरहन्छ ? अहिले आएर केही धिमा गतिमा विकास निर्माणका कार्यहरु भईरहेका छन् । तर पच्चास वर्ष अघिको विराटनगर र अहिलेको विराटनगर दाज्ने हो भने विकासको नाममा फुट्टीकौडीले पनि अघि बढेको देखिन्न ।
धेरै अघि सुनेको विराटनगर रिङरोड परियोजना जुन आज सम्म कछुवा गतिमा पनि अघि बढेको छैन । हालको एयरपोर्टलाई क्षेत्रीय विमानस्थल बनाउने कुरा उहिलेको कुरा खुइलेर गए जस्तै भएको छ । थुप्रै विकासका परियोजनाहरु समाचार बनेर आउँछन् । तर सबै योजना आयोगहरुमै तुहिन्छन् । बथनाहा-विराटनगर  रेलवे परियोजना, आधुनिक ढल निकास प्रणाली, र ६-लेन सडक विस्तार जस्ता महत्वाकांक्षी योजनाहरु कहिले सम्पन्न होला ?
विकासको नाममा दशकौँ देखी बुढो माउ जस्तो तटस्थ छ विराटनगर । विराटनगरको फड्को सडकको धुलोमा अल्झिरहेको छ । सिटी रिक्साले निम्त्याउने ट्राफिक जामले थुनिदिएको छ । गिरिजाप्रसाद कोइरालाको देहान्त पश्चात झन धेरै उपेक्षित छ यो शहर । विकासको गेडो थानकोट नाकाबाट गुडकिन सकिरहेको छैन । गुड्किहाल्यो भने पनि धुलाम्मे प्रणालीले उतै विलिन पारिदिन्छ ।
नेपाल बजारको रुफटप क्याफेबाट एकटकले विराटनगर नियाल्छु । धुलाम्मे विराटनगर जताततै भत्किएको पाउँछु । विकासका नाममा सडक विस्तार भईरहेको देखिन्छ । अनियन्त्रित रुपमा एकैचोटी अधिकांश क्षेत्रमा कालोपत्रे भत्काएका छन् । वर्षातमा अधिकांश ठाउँ डुवानमा पर्छ । उखाउरमाउलो गर्मीमा पनि यो शहरमा मान्छेको भागदौड उस्तै देखिन्छ । अहिले फाल्गुन-चैत्रको उराठमा पनि सडकको धुलो सगँ सौदाबाजी गर्दै नगरवासीहरु आ-आफ्ना रोजीरोटीको जोहो गर्न उत्तिकै व्यस्त भेटिन्छन् ।
नबुझेको कुरो देशको विकास निर्माणका योजनाहरु कस्ले बुन्छन् ? एक वर्ष अघि बनाईएका कालोपत्रे सडक अर्को आर्थिक मसान्त नटेक्दै आफैँ भत्काउँछन् । ढल प्रणाली बनाउन​, टेलिफोनको लाईन विस्तार गर्न​, खानेपानीको पाईप बिछ्याउन भन्दै नवनिर्मित बाटोघाटो बारम्बार भत्काईरहनु पर्छ । पोहोर साल बनेका विराटनगरका अधिकांश सडकहरु ढल निर्माणका लागि भनेर अहिले पूर्णरुपमा भत्काईएको छ ।
के हाम्रो देशमा एकिकृत विकास प्रणालीको प्रारुप छैन र ? अहम प्रश्न त सम्बन्धित निकायका इन्जिनियरहरु माथि उठ्छ । के हाम्रो देशका इन्जिनियरहररुले एकिकृत विकास प्रणाली, दिगो विकास नीति, र साझेदारी विकास परियोजनाको मुलभुत सिद्धान्त बुझेका छैनन् र​?
कम्तिमा निर्माण योजनाहरु बनाउँदा त्यस्ता निर्माण कार्यहरुबाट जनस्तरमा कस्तो असर पर्छ​, स्वास्थ्यमा कस्तो हानी गर्छ र वातावरणलाई कस्तो धक्का पुग्छ जस्ता संवेदनशील पाटो तर्फ ध्यान दिन जरुरी हुन्छ । तर विराटनगर लगायत देशका अधिकांश भेगमा भईरहेको विकास निर्माणका कामहरुमा यस्ता गहन विषय तर्फ ध्यान दिईएको पाईदैन ।
गोग्राहबाट विराटनगरमा रुपान्तरित भ​एको सय वर्ष भन्दा लामो इतिहास बोकेको यो शहर जस्ताको त्यस्तै छ । विक्रमसम्वत १९७३ मा मोरङ रंगेलीबाट सबै सरकारी निकायहरु यस क्षेत्रमा सारिएको थियो । रंगेलीलाई खोक्रो बनाउँदै त्यसबेला पूर्वको शान भनेर चिनिन्थ्यो यो शहर । वास्तवमा मैले देखे अनुसार विराटनगरको मुलभुत सम्पत्ति भनेको प्रशासनिक कार्यलयहरु, विमानस्थल​, र औधोगीक संरचनाहरु हुन् ।
प्रदुषण र अव्यवस्थित बजारीकरणले गर्दा कहिल्यै यो ठाउँमा टेक्नु नपरोस भन्ने व्यक्ति पनि प्रशासनिक कामले गर्दा, विमानस्थलले गर्दा, उद्योग​-धन्दाले गर्दा बाध्य​ भ​एर विराटनगर आउँछन् । अन्य ठाउँबाट मानिसहरुको चाप र दिनहुँ ओहोरदोहोर बढ्नुको अर्को आकर्षण विराटनगर-जोगबनी नाका पनि हो । देशको दोस्रो ठुलो नाका भनेर चिनिने जोगबनी नाकामा एकछिन सयर गर्दा लाग्छ पूर्वको सबै नेपालीहरु सपिङ गर्न यही आएका छन् । सबैले राष्ट्रवादको विल्ला केही क्षणका लागि झोलामा थन्काएर स्वदेशी बजारलाई गिज्याउँदै सस्तोमा सामानहरु किनमेल गर्न हतारिरहेका भेटिन्छन् ।
जरजर धरातलमा पनि धन्न विराटनगर टिकिरहेको छ । यहाँका वासिन्दा बाचिरहेका छन् । निर्माणधिन सडकको धुलोले निसासिएर भ​एपनि सडकमा मानिसहरु हिडिरहेका छन् । समग्रमा डेढ महिनाको यसपालीको मेरो विराटनगर वसाई धुलोका कणहरुले मनमा केही असन्तुष्टीहरु उत्पन्न गराए पनि आफन्तहरुको सानिध्य र चिरपरिचित परिवेश​ले गर्दा रमाईलो सगँ बित्यो । धुलो छेल्न मास्क लगाएर भ​एपनि अधिकांश ठाउँ डुलियो ।
कटु अनुभवहरु भ​एपनि आफ्नो गाउँ, आफ्नो शहर सबैलाई प्यारो लाग्छ । विदेशबाट घर फर्किदाँ, आफ्नो घरको परिवेश​ दयनिय​ अवस्थामा रहेता पनि आनन्द​ लाग्दो रहेछ । परदेशमा बसेर आफ्नो गाउँठाउँमा यो भ​एन​, त्यो भ​एन​, फलानोले यस्तो गरेन उस्तो गरेन भनेर फतफताईरहनुको कुनै तुक त देखिदैन । तर पनि साधरण नागरिकको हैसियतले असन्तुस्टीहरु स्वतः छाँदिदो रहेछ ।
सायद​ अबको चार​, पाँच वर्षमा विराटनगरको रुप पक्कै फेरिनेछ । कुनै राजनीतिक​ क्लेश र भित्री खिचातानी नजन्मे विराटनगरको छाती पनि पक्कै चौडा हुनेछ । बन्दै गरेको फराकिलो सडक​, व्यवस्थित ढल निकास प्रणाली, ठुल्ठुला भवन​, सपिङ मल​, पाँचतारे आधुनिक होटल​, अस्पताल​, क्याम्पस​, आधुनिक बसपार्क​, र बथनाहा-विराटनगर रेलवे मार्गले पक्कै पनि केही वर्ष अन्तरालमा विराटनगरलाई थप सिगाँरने छ । र अर्को छुट्टीमा आउँदा गर्वले भन्ने छु - स्वच्छ विराटनगर, स्वस्थ विराटनगर । विकसित विराटनगर​, हाम्रो विराटनगर ।


-धिरज चौधरी

Published in :http://suvadin.com/news/views-and-opinions/ourbiratnagar
Date: 2017-3-16

कविता
सोच्छु,
मेरो प्रेम तिमिसगँ केकेवल ढोङ मात्रैथियो ?
अहँ,
कसरि बिर्सु तिमिसगँको सहवासहरु,
त्यो लालिमय ओठको चुम्बनहरु,
त्यो झरझर झरिहरुकोवर्सातहरू,
अनि, त्यो ममातामयिअङालोहरु
शान्ति छाओस देशमा

त्यसै,
सुन्य रातको स्तब्ध्तामा
परालोचनाकोसिरानि लाउदै,
रास्त्रियताकोबर्को ओढ्दै,
नाङ्गै तिम्रो भुमिमा लम्पसारपर्दै
अनि, फेरि सोच्छु,
कथित, ओलि मोदिको छोराहरुको युद्द​,
प्रहरि आन्दोलनकारिहरुकोयुद्द​,
पाहाडे मधेसेकोवाक युद्द
अन्यासै, सोच्छु
नकाबन्दि भिडन्तहरुछचल्किद्दै जादा,
कोहि यहा चाइनिजभए,
कोहि यहा इन्डयनभए,
कह्लीएका चाइनिज इन्डयनकोहोडबाजिमा
सबै यहा पराइभए
……………………………………………………………………………………………………………………………………………………………………………………

कविता

आज मैले अतितलाइदेखे,
भुलेका ति पलहरूदेखे,
अनि,
जब मैले तिम्रोमुस्कान देखे
आफैमा खुसिहरूका लहर देखे

तिम्रो आखाँमा सपना सजाएँ
मनमा मायाको ताजमहल बनाएँ
तिम्रो बोलिको गित बनाएँ
अनि,

तिम्रो  सबैचिजहरुलाइ मित बनाएँ

2016, May 9