Articles by "korea"
Tampilkan postingan dengan label korea. Tampilkan semua postingan
कोरियाको चिसोमा सोनसिकको शैक्षिक गोष्ठी



केहिदिन अघि त्रिभुवन विश्वविध्यालयको बयालिसौँ दीक्षान्त समारोह​ भब्यताका साथ सम्पन्न​ भयो । दीक्षित सबैजना उल्लासका साथ आफु दीक्षित भ​एको कुरा फेसबुक​, टुइटर​ लगायतका सामजिक सन्जालमा पोस्ट्याईरहेका थिए । सगँसगैँ केही ब्लगरहरुले दीक्षित पछिको अन्यौलता पनि ब्लग्गिङ गर्न भ्याए
हुन त त्रिविको दीक्षान्त समारोह बासी भात हसुरे जस्तै हो । त्रिविको शैक्षिक प्रणाली नै त्यस्तै छ । परीक्षा हुन्छ । परीक्षाफल प्रकाशित हुन्छ । विध्यार्थीहरु उत्तीर्ण हुन्छन् । पास भ​एको एक वर्ष पछि बल्ल उक्त विध्यार्थीका लागि दीक्षान्त समारोह आउँछ । धेरैले त बिर्सिसकेका हुन्छन् । धेरैले पत्तो पाउदैनन् । अधिकांश त प्रोभिजनल सर्टिफिकेटकै भरमा विदेशिसकेका हुन्छन् ।
त्रिविको दीक्षान्त समारोह जहिले भ​एपनी हाम्रो देशको सन्दर्भमा र हामी जस्ता विध्यार्थीहरुले परीक्षाफल प्रकाशित भ​एर​ उत्तीर्ण भ​एकै दिनलाई दीक्षान्त समारोह मान्दछौँ । त्यसैदिन पश्चात धेरै कुराका लागि योग्य ठहरिन्छौ । त्यसपछि धेरै ढोकाहरु खुल्छन् । अनि अघि बढ्ने बाटो पहिल्याउन थाल्छौँ ।
त्रिविको दीक्षान्तको विषयमा धेरै बखेडा निकाल्नु भन्दा पनि महत्वपूर्ण विषय वर्षेनी आ-आफ्नो  अध्ययन सम्पन्न गर्ने व्यक्तिहरु के गर्छन् भन्ने कुरा गम्भिर हो
व्यक्तिगत अनुभव र केही तथ्याङ्कगत​ आधारमा भन्नुपर्दा वर्तमान सेशनका हाम्रा पुस्ताहरु बढी विदेशीने फेशन मै लागीपरेका छन् । अध्ययन पश्चात हामी विदेशीन यसरी हतारिन्छौँ मानौँ युगौँ देखी कालकोठरीमा निसासिएर मर्न लाग्या छौँ । त्यहिभ​एर आफ्नै रारा तालको हावा बिर्सेर समुन्द्र तटमा चैनको श्वास फेर्छौ ।
समाज विकासको कसि समाजशास्त्र निर्देशित हुन्छ । देशको राज्य प्रणाली राजनीतिशास्त्रको अस्त्रमा निर्भर रहन्छ । त्यसैअनुरुप देश विकासको मेरोदण्ड विज्ञानशास्त्रको करङ्मा निहित रहन्छ । तर अफसोच विज्ञानाचार्य हुनुभ​एका साथिहरुले आफ्ना आचार्यकला देखाउन ठोस स्थान नपाउँदा दुरको भुगोलमा ग​एर सघंर्षरत हुनु परेको छ​ ।
म पनि त्यहि स्थान अभाव र अधेरी बाटो हिड्दा हिड्दा आजित भ​एर​ हौसिए उज्यालो संसार कोरियाको गुनगान गाउन । अन्य देशको सवाल त गुनगुनाउन सक्दिन । अनुभव पनि छैन । तर विगत दुई वर्ष देखि कोरियाको चिसोमा आफु बरफ हुदै ग​एको अनुभव पस्किनु पर्दा चाहिँ भुतै सवार हुन्छ ।
कोरिया भिन्न छ । अन्य देशको भन्दा भिन्न वातावरण छ । अझ नेपाली विध्यार्थीहरुको समाज भिन्न छ । हजार छेउछाउ संख्यामा रहेका नेपाली विध्यार्थी र सय पुगनपुग नेपाली प्राज्ञिक व्यक्तिहरुको सानिध्यमा कोरियाको अध्ययन अनेकन अप्ठ्याराका बाबजुद् बस्दै, पढ्दै जादाँ रमाईलो लाग्न थाल्छ ।
यहाँ नेपालीहरु माझ​ सबैको सबैलाई वास्ता रहन्छ । कसैलाई केही पर्दा सहयोगका निम्ति अग्रजहरु हुनुन्छ । सबैको सेयरिङ र केयरिङ मिसिएको पाईन्छ​ । र त पृथक​ समाजको काडेँ दलदलमा हामफाले पनि हाम्रो अध्ययन सहज भईरहेको छ ।
अधिकांशले एकाअर्कालाई चिन्छन् यहाँ । अन्य देशको भन्दा कोरियाको भुगोल सानो भ​एर​ पनि होला हामी विध्यार्थीहरु एक अर्कालाई नचिन्ने कमै हुन्छौँ । सउल देखी बुशानको सम्बन्ध होस या छुन्छन् देखी खुवान्जु । जो जहाँ अध्ययनमा रहनु भ​एपनि कोरियामा हामी एक परिवार भ​एर बसेका छौँ ।
यस​ सौहार्दता र प्रगाढ सहयोगका लागि पारिवारीक​ साङ्लोमा सबैलाई बाध्न यहाँ स्थित अग्रजहरुले स्थापना गर्नु भएको नेपाली विध्यार्थी समाज​, दक्षिण कोरिया (सोनसिक​) को पनि अहम भूमिका रहेको पाईन्छ​ वर्षौ देखी एउटै छानोमा सबैको वेदना अटाउन र प्रगतिको गाथा गुथ्न सफल हुदै आईरेहेको छ सोनसिक ।
सबै नेपाली विध्यार्थीहरुलाई एक ढिक्का राख्न र कोरियाको हाम्रो जीवन​ सहज बनाउन​ सोनसिकले विविध कार्यक्रमहरु गर्दै आईरहेको छ । यसै सन्दर्भमा सोनसिकको शैक्षिक गोष्ठी सबै कार्यक्रमहरु मध्येको एक विशेष र महत्वपूर्ण कार्यक्रम मानिन्छ​ । यस ब्लगमा सोनसिकले गर्न लागेको शैक्षिक गोष्ठी सम्बन्धि केही प्रसगंहरू पस्किने जमर्को गरिएको छ ।
सोनसिकको पाँचौ शैक्षिक गोष्ठी यही आउँदो जनवरी १४-१५ मा खुवान्जु स्थित छोसुन विश्वविध्यालयमा हुदैछ​ विज्ञान​, ईन्जिनियरिङ र प्रविधि मुल मन्त्र बोकेको यसपालीको शैक्षिक गोष्ठीमा अनुसन्धानात्मक जर्नल लेखन विषयक वर्कशप​, विविध विषयमा विज्ञहरुको मौखिक प्रेजेन्टेशन तथा पोष्टर प्रेजेन्टेशन मुख्य आकर्षण रहेकाछन् ।
त्यस्तै यसपालीको शैक्षिक गोष्ठीको अर्को मुख्य केन्द्र​ हो जापानका नेपाली प्राध्यापक डा. हरि प्रसाद देवकोटाको- औषधीय वनस्पतिमा जापानी शिक्षा र अनुसन्धानको भूमिका तथा नेपाल स्थित यसका नविनतम प्रवर्द्धन विषयक प्रस्तुती ।
कार्यक्रमको ढाचाँ हेर्दा आमन्त्रित मौखिक प्रस्तुतीकरणलाई दुई भागमा छुट्याईएको छ । प्रथम आधारभुत​ तथा चिकित्सक विज्ञान अनुसन्धान शिर्षकीय भागमा रहेर तीनजना विज्ञहरुको प्रेजेन्टेशन र दोस्रो ईन्जिनियरिङ र प्रविधि अनुसन्धान​ शिर्षकीय भागमा रहेर अर्का तीनजना  विज्ञहरुको ओजपूर्ण प्रस्तुतीकरण
शैक्षिक गोष्ठीमा हुने डा. विनोद लुईटेलको बागवानी तथा औद्योगिक वाली विषयक प्रस्तुतीकरणले नेपालमा यस्ता वालीको प्रयोग र यस्ता विधिहरु अपनाउने बारे सबैलाई गहन कुरा सिकाउने छ । त्यस्तै विध्यावारिधि सोधकर्ता विमला शर्माको आत्महत्या सम्बन्धि संवेदनशील प्रेजेन्टेशनले अवश्य नै बढ्दो आत्महत्या रोकथामको लागि केही अचुक तौरतरिका बारे छलफल हुनेछ​ । अर्का विध्यावारिधि सोधकर्ता कन्चन मिश्रको "नेनो प्रविधि" सम्बन्धि प्रस्तुतीकरणबाट​ नेपालमा यस्ता नविनतम प्रविधिको उपयोग सम्भवयता बारे पक्कै केहि ठोस वर्णनहरु निस्कनेछन् ।
कोरियामा ईन्जिनियरिङ र प्रविधि क्षेत्रमा अध्ययन गर्ने नेपालीहरु पनि थुप्रै हुनुन्छ । मौखिक प्रस्तुतीकरणको दोस्रो अध्यायमा ईन्जिनियरिङ र प्रविधि क्षेत्रका उपयोगी ज्ञानमुलक प्रेजेन्टेशनहरु रहेका छन् ।
सुवन विश्वविध्यालयका प्राध्यापक सिद्धार्थ विक्रम पण्डेको "वायोमेकानिक्स​", डा. रमेश कुमार लामाको "विग डाटा फर डेभ्लोपिङ कन्ट्रिज​", र डा. विनायक भण्डारीको "विल्डिङ ट्रान्स​-हिमालयन रेलरोड​" विषयक प्रस्तुतीकरणले ईन्जिनियरिङ र प्रविधि क्षेत्रको थुप्रै पाटोहरु उजागर गर्ने छ । जसले यस्ता थुप्रै प्रविधिहरु नेपालमा कसरी उपयोग गर्ने बारे एउटा मार्गचित्रको स्केच तान्न टेवा पुग्छ​ ।
त्यस्तै ३० वटा साधारण र दश वटा आमन्त्रित पोष्टरहरुमा उल्लेख हुने अनुसन्धानात्मक जानकारीहरुले कार्यक्रम स्थलका भित्ताहरु पोष्टिदाँ गोष्ठीको रौनक नै भिन्नै देखिने छ​। अझ आयोजक कमिटिको पाँचवटा वेस्ट पोस्टर अवार्ड घोषणा गर्ने निर्णयले सुनमा सुगन्ध थपेको छ । यसबाट आफैलाई वैज्ञानिक जगतमा प्रस्फुटन गर्न चाहने थुप्रै अनुसन्धानकर्ताहरुलाई थप उर्जा पनि प्राप्त​ हुनेछ ।
सरसर्ती कार्यक्रमको रुपरेखा नियाल्दा सोनसिकको पाँचौ शैक्षिक गोष्ठी हामी जस्ता कोरियामा अध्ययनरत व्यक्तिको लागि निकै नै उपयोगी देखिन्छ । विज्ञानका धेरै क्षेत्रका नेपाली विज्ञहरुलाई एउटै चौतारीमा भेट्न पाउदाँ सहभागीहरु सबैले पक्कै फलदायी महशुस गर्नेछन् ।
साथसाथै यदि अध्ययन पश्चात नेपाल र कोरियाको रोजगारी सम्बन्धी एक, दुई वटा थप अग्रजहरुको अनुभवयुक्त प्रेजेन्टेशन सुन्न र मनन गर्न पाउने अवसर जुट्ने हो भने कोरियाको चिसोमा शैक्षिक गोष्ठीमा सहभागी भईरहदा थप न्यानोपना महशुस हुने थियो ।
दिवेश झाको संयोजकत्वमा हुन ग​ईरहेको सोनसिकको पाँचौ शैक्षिक गोष्ठीमा डा. भुषण श्रेष्ठको अध्यक्षतामा गठित वैज्ञानिक समिति र आराजना श्रेष्ठको अध्यक्षतामा गठित आयोजक समितिहरुको अथक मिहिनेतले पक्कै पनि यो कार्यक्रम व्यवस्थित ढङ्गले सम्पन्न हुने छ । र धेरै भन्दा धेरै अनुसन्धानकर्ताहरुको सहभागिताले निश्चित रुपमै गोष्ठीको सार्थकता पुष्ठी गर्ने छ । कोरियाको चिसोमा सोनसिकको पाँचौ शैक्षिक गोष्ठीको सफलताको लागि कोरिया स्थित हामी सबै विध्यार्थी लगयात अनुसन्धाकर्ताहरुको तर्फबाट हार्दिक शुभकामना ।

- धिरज चौधरी

https://www.fonijkorea.net/%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%9A%E0%A4%BF%E0%A4%B8%E0%A5%8B%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A5%8B%E0%A4%A8%E0%A4%B8%E0%A4%BF%E0%A4%95%E0%A4%95%E0%A5%8B
पहाडकी परीको ब्याकअप प्रेमी


घरकी एक्ली छोरी उनको परिवार लिवाङको  हुनेखाने मै गनिन्छ बाउ भारतीय सैनिकको पेन्शन पकाएर बसेका देश दुनिया चाहरेका छोरीलाई पढाउनु पर्छ भन्ने सुझबुझ एका त्यहिभएर लप्टन ताराबिर चेमजोङले आफ्नी छोरी मनमायालाई ताप्लेजुङबाट धरान स्थित फूपुकहाँ पढ्न पठाएको थियो


Taplejung, Nepal

मनमायाकी फूपु मेरो ममी मिल्ने साथी एकाले उनको फूपुलाई आन्टी भन्थे हाम्रो परिवार उनको फूपुको परिवार बिच सबैसगँ राम्रै हिमचिम थियो उनको फूपुको घर प्रायः ईरहन्थे पुसको कठ्याङ्ग्रीदो जाडोमा एकदिन एकाबिहानै आन्टीले फोन गरेर बोलाउनु भयो। मनमायालाई पहिलो चोटी यसै दिन देखेको थिए आन्टीले चिनाजान गराईदिनु भयो उनैको कामको लागि डाक्नु एको रहेछ- महेन्द्र बहुमुखि क्याम्पस ग​एर बिबिएस भर्ना गरिदिनलाई
होची, होची परेकी रातो गाला, थेप्चो नाकनाकको देब्रेपटी कोठी एको सानो-​-सानो आखाँ, घुम्रिएको हल्का कैलो कपाल​, सामन्य भन्दा अलिक ठुलो वक्षस्थल​, फिक्का पहेलोँ ज्याकटमा मनमायालाई पहिलो चोटी देख्दा लाग्थ्यो हिमालको परी समथर भुमि पहिलो खेप टेकेकी छे

सुन्दर, शान्त , नेपाल 

सोझी थिई अनुहारको आभाबाट पनि सोझी नै देखिन्थी लगाई खुवाई सबै सामन्य पूर्वीय पहाडको लवजमा बोल्थी, पुरै गाउँले पारामा लजाउँथी पनि डराउँथी पनि एकमुष्ट भन्नुपर्दा धरानको आधुनिकतामा सुहाएकी थिईनन्, मनमाया यही कारण सुरुका दिनहरुमा उनको समिप्यतामा मलाई खासै चाख लागेन

Ghantaghar, Dharan, Nepal

धरानमा नयाँ थिई उनको केही काम पर्दा नर्बदा आन्टीले मलाई नै भन्नुहुन्थियो  त्यहिभएर मन नलागि नलागि साताको एक दुई चोटी भेट भइरहन्थ्यो  क्रमिक भेट सगैँ अनेकौ कामले गर्दा एको भेटघाटले उनलाई सगँ विस्तारै सजिलो भइरहेको थियो साथसाथै मलाई भेट्दा पहिला पहिला देखिने लज्जाभाव पनि विलाईरहेको थियो
घोपा जाने क्रममा एकदिन उनले खुल्दै भनि- "सात महिना भएछ​, तपाई सगँ भेट एको मेरो जीवनको सबैभन्दा बढी सगंत गरेको साथी तपाई नै हो सौरभ।" अनी हुदाँहुदाँ कहिले काहीँ काम बेगर पनि भेट्न खोज्थी।
मैले केटीहरुको सगंत धेरै गरेको थिईन मेरो केटी साथीहरु पनि फालाफाल थिएन भिमे, दले बखतेहरु सगँ सेउतीको डिलमा बसेर चुरोटको धुवा उडाउनु मै मस्ती थियो केटीहरुको गनगने सगंत भन्दा
समयको बहाव सगैँ मिसिदै थिई  धरानको लाइफ स्टाईलमा क्याम्पसको प्रभावले पनि टाठो भइरहेकी थी उनको पहाडे सरल स्वभाव धरानको गर्मीहरुमा सुकीरहेको थियो भने आधुनिकताको टुसा उनमा जुरमुराइरहेको थियो अनाकर्षक मनमाया चेन्ज हुदै
नचाहदाँ नचाहदैँ मनमाया सगँको भेटहरु बाक्लो हुदै गयो दिनहुँ भेट्न थालिम मेरा साथी बखतेहरु पनि जिल्ल परिरहेका थिए ।अझ सेउतीको डिलमा उनिहरु सगँ बसेर ओठमा चुरोट नचेपेको धेरै भइसकेको रहेछ सेउतीको सिरेटोमा भन्दा पनि मनमाया सगँ कहिले देखी विजयपुर डाडामा रम्न थालेछु, त्यसको अत्तो नै पाइन।
अघोषित रुपमै सगँ जम्न थाले रम्न थाले केयरिङ सेयरिङ हुन थाल्यो सधैँ भेट्न बोलाउँथी । पछि पछि आफैँ ऊनलाई भेट्न बोलाउन थाले आन्टी पनि मनमायाले सगँ घुलमिल एको राम्रै मान्नु हुन्थ्यो । त्यहिभएर जतिखेर पनि जहाँ पनि पुग्न थालिम हामी
एक अर्काले प्रेम प्रस्ताव नै नराखी हामी प्रेममा परेछौँ यो कुरोको महशुस कोरिया जाने लगभग पक्का भएपछि थाहा भयो सबै कोरिया जाने भनेपछि मरिहत्ते गर्छन् चाहिँ भिषा लागेर पनि खुशी हुन सकेको थिईन  खुशी नहुनुको  एउटै कारण मनमाया थिई खोई किन हो, उनलाई छाडेर पैशा फल्ने देशमा जाने प्रवेशाज्ञा पाउँदा पनि मन नियास्रो नै भइरहेको थियो
छोटो समयमा नै हामीले हाम्रो प्रेमलाई घना बनाइसकेका थियौँ हामीबिच रहेका सबै खाली कापहरु मायाको मैनले पुरिदिएका थियौँ नोटको दुई पत्राहरु टासिए झैँ लपक्कै टासिएर एक एको अनुभुति दिन्थ्यौँ, एकले अर्कालाई यस्तो अवस्थामा कम्ता गाह्रो भएन, मनमायलाई कोरियाको लागि कन्भिन्स गर्न
हाम्रो सम्बन्ध नर्बदा आन्टीले पनि चाल पाइसक्नु भ​एको थियो उहाँले हामीलाई राम्रै मान्नु हुन्थ्यो "सौरभ बिहे गरेर जाउ मनमायाको घरमा कुरा मिलाउँछु" पनि भन्नु हुन्थ्यो
तर बिहे तत्काल सम्भव  थिएन सबै बन्दोबस्त मिलाउन पर्याप्त समय पनि थिएन फेरी मनमाया दोस्रो वर्षमा बल्ल पुगेकी थिई अध्ययन सकिन बाकी नै थियो अर्कोतर्फ  अहिले नै बिहे गर्दा उनको बाबाको सपनामा पनि धक्का लाग्न सक्थ्यो लप्टनसाप उसै पनि मख्ख थियो, छोरी राम्ररी  पढ्दै छे भनेर यावत तगारोले गर्दा बिहेकै गाठो लाउन अलिक अनुकुल थिएन हामीलाई
मनमाया सगँ थुप्रै कसमहरु खाएर​, वाचा बन्धन गरेर​, सुरक्षित भविष्यका लागि भारी मन बोकेर कोरिया आए कोरिया आएपछि काम बाहेकका समय उनैसगँ भाइबरमा कट्थ्यो केही समय निकै तड्पिए तर कामको चटारोले बिस्तारै सगँको बिछोडको घाउ पुरिदै गयो

View of Dharan from Vijayapur

हेर्दाहेर्दै आधा वर्ष बितेछ​, कोरिया आएको यतिन्जेल सगँ अलिअलि पैसा पनि जम्मा ईसकेको थियो एउटा साथि छुट्टीमा नेपाल जाने बेला मनमायालाई राम्रो मोबाईल किनेर पहिलो उपहार स्वरुप पठाइदिएको थिए खुशिले फुरुङग​ भई त्यसपछि झन हामी भिडियो कलमा झुमिन्न थालिम
च्याटका कुराकानीबाट मख्ख हुन्थे मनमाया मेरै लागि जन्मेकी जस्तो लाग्थ्यो कहिलेकाही "नन्-भेज​" कुराहरु पनि हुन्थ्यो काउकुती लाग्थ्यो मलाई भिडियो कलहरुमा चुम्बनका वर्षातहरुले घायल हुन्थे ।पुरै समर्पणको भावमा मनमाया सगँ लिप्त थिई
हामी बुढासुब्बालाई साक्षी रख्थ्यौँ भिडियो कलहरु मै बिहे गरेको कल्पना गरथ्यौँ दुलही बनाउथेँ उनलाई । मेरो मन त्यसै फुरुङग हुन्थ्यो टाढा एर पनि उनको साथ पाइराख्दा, कोरियन भोटेहरुको पेलाई सहने उर्जा पाउँथे
हरेक कुरा उनको पुरा गरिदिईरहेको थिए । कोरियाबाटै उनको मोबाईलमा निरन्तर रिचार्ज गरिदिन्थे । हुन्डीबाट थुप्रै चोटी पैसाहरु पनि पठाईदिन्थे उनको नाममा । म सोच्थेँ भविष्यमा जीवन साथ निभाउने साथी थिई ऊ मेरी । त्यहीभ​एर म उनको हरेक समस्या मेरो पनि समस्या हो भनेर बुज्थेँ । घरबाट फूपुकहाँ बसेकी । जसकारण पक्कै पनि उनलाई खर्चको समस्या त परेको हुन्थ्यो । सकेसम्म उनको सबै दुख हरण गर्न खोज्थेँ ।
उनको पढाई पनि सकिने क्रममा थियो डिग्री दोस्रो वर्ष पुगिसकेकी थिई कोरिया आएको पनि तीन वर्ष पुग्नै लागेको थियो बिदा मिलाएर छिटै नेपाल एर मनमायालाई सधैँका लागि आफ्नो बनाउने योजनामा थिए
तर सोचे जस्तो कहाँ हुदो रहेछ जीन्दगी एकदिन ऊ सगँको च्याटमा मेरो सबै योजना बिथोलिन लागेको महशुस गरे । "अब छिटै नेपाल आउदैछु। तिम्रा पर्खेर बस्ने दिनहरु मनमाया" भन्दा उत्साहित हुनु पर्ने तर छक्क परेँ भिडियो कलमा उनको अनुहारमा मैले कुनै खुशीको भाव नै देखिन
उल्टै मेरो कुरा टार्न खोजी "मेरो पढाई बाकी नै जाँच आउन लागेको यो वर्ष नआउनु"भन्न थाली खुशी हुन्छे होला भनेको त दुखी पो
त्यसपछि कुराहरु हुने क्रम पातलिदै गयो हुदाँहुदाँ फोन नै स्विचअफ गरेर राख्न थाली म्यासेजहरु पठाउन पनि छाडी भाइबरमा आउन पनि बन्द गरी फेसबुक अपडेट गर्न नी छाडी
तड्पिन थाले गहिरो इनारमा खसे झैँ निसासिए ।मनमा विकारहरु थिग्रिन थाल्यो ।उथलपुथल सकांहरुको भुईचालो नै आयो कुराहरुको गहिरो समुन्द्र नै बन्यो ।सन्देहको टाइफुनले उर्जा नै सबै नष्ट गरिदियो
केही गरी पनि सगँ कन्टेक्ट गर्न सकिन नर्बदा आन्टीलाई सम्पर्क गर्न खोजेँ उहाँ पनि सोलु जानु भएको रहेछ अन्तमा मनमाया कै साथी अनुपमा जो इपिएसबाटै कोरिया आएकी थिई उनैलाई सहयोग गर्न अनुरोध गरे अनुपमाले पनि मनमायालाई सिधैँ सम्पर्क गर्न सकिन तर धरान मै रहेको मनमायाको एकजना मिल्ने साथीलाई फोन गरेर सबैकुरा बुझ्न​लाई मद्दत गरी
अफसोच् मेरो जीन्दगी सबैकुरा बुझ्दा म मनमायाको लागि केवल "ब्याकअप प्रेमी" रहेछु ब्रिटिश आर्मीमा कार्यरत एकजना केटा सगँ उनको बिहेको कुरा चलिरहेको रहेछ
"सौरभ त केवल पकेट मनि जुटाउने ब्याकअप प्रेमी हो कहाँ ब्रिटिश आर्मी, कहाँ कोरियाको लेवर कम्पेयर गर्नै मिल्दैन लेवर सगँ पनि कसैले जीन्दगी बिताउन सक्छ " भन्थी रे ममनमायाले आफ्नो साथीहरु सगँ
यथार्थ बुझिसक्दा रिसले चुरचुर भइसकेको थिए । कम्पनीको ड्युटी पछि रातभरि सोजुमा डुब्न थाले । चुरोटको संख्या पनि ह्वातै बढ्न थालेको थियो । म मर्न पनि सक्दिन थिए । सुसाइड गरेर कोरियामा अर्को आत्माहत्याको समाचार बन्न पनि चाहन्न थिए । फेरी घरको एक्ली आमालाई विचल्ली बनाएर संसार त्याग्ने कुरा पनि आउँदैन थियो । बुवाको मृत्यु पछि आमालाई आजीवन मेरो आवश्यक्ता थियो ।
म डिप्रेशन तिर पनि जान चाहिन । मृत्युको बाटो पनि पहिल्याउन खोजिन । बरु "कोरियन लेवर" को ट्यागलाई शक्तिको रुपमा लिएर मनमायाको हुनेवाला ब्रिटिश लोग्ने भन्दा धेरै प्रगति गर्ने इख र अठोट पलायो ।
हिजोआज​ मनमा केही तुष नभ पनि मनमाया कहिलेकाही मनमा आइरहन्छे उनको अवोध अनुहार​, धरान पहिलो छोटी आउँदाको सोझोपन्, उनको गाउँले लवज अझै पनि झल्झली याद आउँछ उनले कहिले रङ फेरी, कहिले मन फेरी त्यो कुरो मैले कहिल्यै ठम्याउन सकिन समयले ताप्लेजुङ्की मनमायालाई कहिले धरानको "मोनिका" बनाएछ त्यसको हेक्का नै पाइन मैले

-धिरज चौधरी 


-फ़ोनिज कोरिया मा प्रकाशित (2016-8-5)

http://www.fonijkorea.net/%E0%A4%AA%E0%A4%B9%E0%A4%BE%E0%A4%A1%E0%A4%95%E0%A5%80-%E0%A4%AA%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%AC%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A4%85%E0%A4%AA-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0