केहि गजलहरू
1.
फूल भनी छुनखोज्दा, घोच्छ मुटु काडाँले
मायालु भनी मायागर्यो, रुवाउँछ मन निष्ठुरीले ।
बलेसीँको पानी खस्यो, होस मेरो बल्लखुल्यो
चोखो गुण जतिलायो बुझ्ने हैनबैगुनिले ।
मझेरीमा बस्थ्यौँ हामी गफहुन्थ्यो मिठामिठा
साथ निभाउछौ भन्थ्यौ कसमखान्थ्यो जीन्दगीले ।
जता गयो उतैदेख्यो सपनाको संसार
पग्लेको मन चट्टानभयो धोका दिदाँबहुरुपिले । । ।
……………………………………………………………………………………………………………………………………………………………………………………
2.
तिम्रो साथ बिताएकाती पलहरुमा प्रेमकोनहर बगायौ
धेरै दिन भयोनदेखेको सपनीमा आई भेट्नेरहर जगायौँ ।
घृणालयमा हुर्केकाहरू प्रेम पाउनधेरै भड्किन्छन्
भड्केको यो मनलाईतिमिले आफ्नै प्रेमको शहरघुमायौ ।
तिमि बिना सक्दिनजिउन बेहोसिको योकस्तो लहड हो
मोहनी लायौ तिम्रोसाथ बस्ने कसरिमलाई आफ्नो भरबनायौ ।
घृणा गर्ने यो मनलेप्रेम गर्न थालिसक्यो
मरिसक्यो घृणा जति, घृणा मर्ने कस्तोजहर पिलायौ ।
निराशाको बाढी बग्नेआध्यारो मुहार थियो मेरो
आशाको दिप जल्छआज, खोइ कस्तोप्रेम लहर चलायौ ।। ।
……………………………………………………………………………………………………………………………………………………………………………………
3.
गुलाफको फूल स्विकार्दा, घोच्ने काडाँ स्विकारेको छु
तिमिसँग प्रित गाँस्दा, घोच्नेवचन स्विकारेको छु।
चन्द्रमा हेर, उज्यालो कति, कालो दाग औल्याउदैनकसैले
त्यसैले तिमिलाई पनि प्रेमगर्दा सबै दागहरुस्विकारेको छु ।
सगरमाथा चढ्नु सघंर्षशिल हुन्छ, चढ्न सबै आतुरहुन्छन
तिमिलाई पाउनु कठिन छपाउन म धेरैतड्पेको छु ।
भमराको आन्दाजमा "सबै मतिमिलाई प्रेम गर्छु " भन्छन
रस चुस्सिएको मध्ये एजहुँ, भमराबाट धेरैरोएको छु ।
पूर्वबाट झुल्केको ओजस्वि सुर्यपश्चिममा ढल्केको छ
तिमिबाट झुल्केको म निश्चिततिमिमै ढल्केको छ । । ।
2016/5/26
Post A Comment:
0 comments: