साहित्य सबैलाई फुर्छ फरक यत्ति हो सर्जकको प्रस्फुटन प्रकाशनयोग्य​ छ या छैन । हामी धेरैले थुप्रै पत्रपत्रिकामा आफ्नो अनमोल सिर्जना समर्पण गर्छौ तर कयौँ सताब्दी सम्म त्यो सिर्जना प्रकाशन हुन्छ या हुदैन भन्ने अत्तोपत्तो हुन्न ।

विज्ञानका जर्नलहरूमा अलग धार हुन्छ सबै वैज्ञानिक जर्नलहरूले वैज्ञानिक  आलेखहरुलाई प्रकाशनयोज्ञ या छैन भनी पुनरावलोकन गर्छन वैज्ञानिकको अथक मेहेनतलाई सहज प्रतिक्रिया दिन हिचकिचाउदैनन प्रकाशनयोज्ञ या छैन भनी सरल प्रतिउत्तर फर्काउन पनि पछि पर्दैनन प्रकाशनयोज्ञ आलेखमा सुधार गर्नुपर्ने केहि वुदाँहरु रहेछन भने स्पष्टसगँ ती वुदाँहरु परिमार्जन गर्नुपर्ने उल्लेख गर्छन । तर विडम्वना साहित्यिक अखवारी र दैनिक पत्रपत्रिकामा नचिनेका र नातागोता नपर्ने व्याक्तिहरुले पठाएको सामग्रिहरुको त्यसका सम्पादकहरुले वस्ता सम्म गर्दैनन । विज्ञानका आलेखहरु र साहित्यिक अखवारी सामग्रीमा केही नितान्त फरक वादहरु अवश्य छन । वैज्ञानिक लेखहरू मुलतः प्रमाणहरु र परिणामहरुको विभुषणले लतपतिएका हुन्छन भने साहित्यिक  र अखवारी सामग्रीहरु त्यस विपरित हुन्छन । तर दुवै आलेखहरुमा सर्जकको अथक लगावको गन्ध महशुस गर्न सक्छौँ । यसकारण साहित्यिक  र दैनिक अखवारीहरुमा सम्पादकहरुले आफ्नो सम्पादकिय कर्मको पालना गर्दै आफ्नो पोल्टामा पस्किएका लेख रचनाहरुको न्याय सङत पुनरावलोकन गरी सर्जकलाई छापिने वा नछापिने प्रतिउत्तर फर्काउनु उसको मुलधर्म हुन जान्छ ।

एक प्रखर लेखक दिलनिशानी मगर भन्छन - "मलाई अचम्म लाग्छ कि मुलधारे भनिएका अखबारका साहित्यिक कोलमहरू किन कुनै व्याक्तिका पेवा झैँ भएका छन् उनीहरू किन सन्तुलित समानुपातिक छैनन् हिमालको भोटेले किन कविता लेख्दैन ? मधेसको चमारको मनमा कविता नै उब्जिन्न ?” मलाई लाग्छ यदि हुम्लाको कुनै जीवराज शाही ताप्लेजुङकी कुनै नीरमाया लिम्बुले कविता कोर्ने हो भने सायद त्यो कविता रविन्द्र मिश्र वा विजय कुमार ले लेख्ने भन्दा पनि बढि जीवन्त सार्थक कविता हुने थियो होला त्यसैगरि सप्तरि वा नेपालगंजककी कुनै फुलमाया चौधरी वा आइराहा खानले कुनै लेख यदि लेखिन भने सयद त्यो लेख चन्द्रकिशोर वा धिरेन्द्र प्रेमॠिषि का भन्दा वढी प्रखर मार्मिक हुन्थियो होला   फेरि दिलनिशानी मगरकै शब्द सापट लिएर भन्नु पर्दा - "मिडियाको मित्र नचिने सम्म, उसँग नजिक नभएसम्म, जी हझुरी नगरेसम्म कवि, लेखक कथाकारको दर्जा पाउन मुस्किल हुन्छ त्यहीभएर, नातावाद- कृपावाद रहुनजेल, केन्द्रीक्रित अखवारी प्रणाली नहटुनजेल सम्पादकहरुको तेस्रो नयनमा लागेको लेपन नधुनजेल पाठकले नया अनुहार, नया विचार रा नया विम्वका लेख रचनाको स्वाद पाउन अझै कयौँ सताब्दी कुर्नुपर्ने

karnali nepal

Axact

KAOS DISTRO

KAOS DISTRO adalah blog membahas tentang cara pembuatan Kaos Distro sampai bagaimana cara menjual Kaos Distro Online maupun offline, Silakan cari arti www.kaosdistro.web.id..Terima Kasih telah berkunjung di blog sederhana ini, Jika antum PRODUSEN KAOS DISTRO MAU KERJASAMA SILAKAN KONTAK NO TLP YANG ADA DI WWW.KAOSDISTRO.WEB.ID

Post A Comment:

0 comments: