कविता
उनी,
घर छेउको मनमोहक सिमसारबिर्सेर
नैनीतालमा रमाउँछीन
किर्तिपुर र धुलिखेलकाविश्वविध्यालय बिर्सेर
अष्ट्रेलियार अमेरिका धाउछीन
अनि,
राष्ट्रिय ध्वजाबाह्क लत्याएर
सरर.. र.. र…निजि विमानमा सयरगर्छिन ।
तैपनि,
राष्ट्रियवादकोकोरा वकालत गर्नछाड्दिनन्
र, वकमफुस्रे भाषणहरूमा,
मधेश र पाहड बिचखाल्डो खन्छिन्
धोति र टोपी बिचयुद्ध छेड्छिन्
काला र गोरा बिचदक्षिणवाद र उत्तरवादका विल्लाभिडाउछिन्
दुर क्षितिजको दर्शकदिर्घामा म,
भिजेको मुसा झैँ
खुसुक्क उनको भाषणमनन गर्छु
चिसिएको मनले
लुसुक्क उनको शाषणसहन गर्छु
अनि रितिएको पेटले
सुटुक्क उनको रासनसेवन गर्छु
त्यहि भएर,
कथित राष्ट्रियवादले आज मलाई
रङहरूको पर्वमा बेरङ बनायो
रातमा फुलेर बिहानिपख झर्नेपारीजात बनायो
र
गुन गुन गरिरहनेझुल बाहिरको मछडबनायो ॥॥॥
Post A Comment:
0 comments: