गजल
जता गयो उतै हुने, सस्तो भन्ने माया हैन ।
घरिघरि साथ दिने, साथ भन्ने छायाँ हैन ॥
देउरालीको प्रीत मझेरीमा टुट्छ भने,
छियाछिया मुटु हुन्छ, घाउ भन्ने चाया हैन ।
बलेसीँको पानी खस्दा होस खुल्ने प्रेमीहरु,
तनधनमै मन नमार, मन बोक्ने काया हैन ।
भित्रभित्रै छुरा चल्यो, रगत जति भित्रै सुक्यो,
मलमपट्टी लाउदा घोच्ने शब्द हान्ने दाया हैन ।
साथी भन्ने सबै जति असल हुन्छ भन्ने छैन,
मिठो मुस्कुराउदाँ फस्ने सबै ठिटी जाया हैन ॥
-धिरज चौधरी
Post A Comment:
0 comments: